मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम

Rato Pen 354+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

बर्दिया — आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका स्थानीय तहबाट सञ्चालन तथा सम्पादन गरिएका जनस्वास्थ्य कार्यक्रमको प्रगति र प्रमुख स्वास्थ्य सूचकहरूको मूल्याङ्कनमा बारबर्दिया नगरपालिका बर्दिया जिल्लामै प्रथम भएको छ।

स्वास्थ्य कार्यालय, बर्दियाले गरेको मूल्याङ्कनका आधारमा जिल्लाका आठवटै स्थानीय तहको स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा गरिएको थियो। समीक्षा क्रममा बारबर्दिया नगरपालिका प्रथम, बढैयाताल गाउँपालिका द्वितीय र गेरुवा गाउँपालिका तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

स्वास्थ्य कार्यालय, बर्दियाले बारबर्दिया नगरपालिकालाई जनस्वास्थ्य कार्यक्रमको प्रगति तथा प्रमुख स्वास्थ्य सूचकहरूको मूल्याङ्कनका आधारमा प्रथम स्थान हासिल गरेको भन्दै प्रमाण–पत्र प्रदान गरेको छ। प्रमाण–पत्रमा आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमैत्री बनाउन नगरपालिकाको महत्वपूर्ण योगदानको अपेक्षा गरिएको उल्लेख छ।

बारबर्दिया नगरपालिकाले यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण सरोकारवालाको साझा प्रयास, निरन्तर मेहनत र जिम्मेवारीबोधको परिणाम भएको जनाएको छ।

नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, नगरपालिकाले उपलब्धिका लागि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालालाई धन्यवाद तथा बधाई ज्ञापन गरेको छ।

प्रमाण–पत्रमा स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य प्रशासक उमेश गौतम, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार