मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

कमलपुर सामुदायिक वनको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्मानित

Rato Pen 1+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सामुदायिक वनले आज शुक्रबार २४ औं साधारणसभाको अवसर पारेर विभिन्न लक्षित वर्गका व्यक्तिहरु तथा सामुदायिक वनको विकास र गतिविधिमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो । समुदायिक वनको वार्षिक कार्यक्रम अनुशार नै वनको उपभोक्त समुहका सदस्याको परिवारका जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले सबैलाई दोसल्ला ओडाएर नगदसहित सम्मान गर्नुभयो । यस्तै सो अवसरमा सामुदायीक वनको विकासमा योगदान दिने तथा सामुदायीक वनले सञ्चालन गरेका गतिविधिमा सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।

कमलपुर खेल मैदान मर्मत तथा प्रवेशद्वार निर्माण गर्ने सुशीला राई, नीजि जग्गामा वृक्षारोपण गरि सहयोग गर्ने कमलराज राई, छोराको नाममा गोलघर निर्माण गरि हस्तान्तरण गर्ने हर्कदल राई, बिगतमा सामुदायिक वनलाई खानेपानी धारा जडान गरि दिनुहुने विष्णुमाया चम्लगाईं, भर्खरै सामुदायिक वन महासंघको केन्द्रीय उपमहासचिव वन्न सफल कमलपुर सामुदायिक वनकी पूर्वअध्यक्ष सीता श्रेष्ठ र सामुदायिक वनलाई विभिन्न प्राविधिक तथा नीतिगत विषयमा सुझाव सल्लाह दिइ सहयोग गर्नुहुने सव डिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनारायण झालाई सम्मान गरिएको हो । यस्तै सामुदायिक वनले वार्षिक कार्यक्रम अन्तरगत एक विपन्न परिवारलाई घर निर्माण गरि सो अवसरमा हस्तान्तरण गरेको छ । 

लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतमा भएको साधारणसभामा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई, सामुदायीक वन महासंघ केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुालाल घिमिरे, सामुदायीक वन कोशी प्रदेश महासचिव रेनुका दाहाल, सचिवालय सदस्य अग्नी पौडेल, नगर महासंघका पदाधिकारी, लेटाङकै अन्य सामुदायीक वन समूहका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले भर्खरै गणेशमान सिंह सामुदायीक वन प्रथम राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएकोमा कमलपुर सामुदायिक वनलाई बधाइ ज्ञापन गर्दै अझ प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै कमलपुर सामुदायीक वन उपभोक्ता समितका अध्यक्ष गोपाल श्रेष्ठले सबैको प्रयासले राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कमलपुर सामुदायीक वनका विभिन्न कार्ययोजना बारे जानकारी दिंदै अब कमलपुर सामुदायीक वन अन्तर्राष्ट्रिय पुरस्कार पाउने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । साधारणसभामा संस्थाकी सचिव नरमाया तामाङले सामुदायीक वनले एकवर्षमा सम्पन्न गरेका कार्यसम्पादन बारे जानकारी गराउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार