मुख्य समाचार
विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती | गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार |

विपद् पूर्वतयारी सुदृढ गर्न बर्दियामा कृत्रिम घटना अभ्यास सम्पन्न
विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न

Rato Pen 339+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यले बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ। अभ्यासबाट प्राप्त अनुभव, सिकाइ तथा सुझावलाई आगामी विपद् व्यवस्थापनका गतिविधिमा समावेश गर्दै अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको आयोजनामा प्रयास–२ परियोजनाअन्तर्गत सञ्चालित उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, बर्दियाको समन्वयमा सदरमुकाम गुलरियामा सम्पन्न भएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगनबहादुर हमालको अध्यक्षतामा मिति २०८३ श्रावण २२ गते बसेको बैठकले श्रावण २० गते सम्पन्न टेबलटप कार्यक्रम, श्रावण २१ गते सम्पन्न ड्रिल तथा श्रावण २२ गते सम्पन्न फिल्ड सिमुलेसन अभ्यास सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

कृत्रिम घटनाको अवस्थालाई आधार बनाएर गरिएको अभ्यासमा खोज तथा उद्धार, आपत्कालीन समन्वय, सूचना व्यवस्थापन, स्रोत–साधन परिचालन तथा राहत व्यवस्थापनलगायतका गतिविधिको व्यावहारिक अभ्यास गरिएको थियो। सम्भावित विपद्को अवस्थाको अनुकरण गर्दै सम्बन्धित निकायहरूको तयारी, समन्वय क्षमता र कार्यसम्पादनको परीक्षणसमेत गरिएको थियो।

बैठकले कृत्रिम घटना अभ्यासबाट प्राप्त अनुभव, सिकाइ तथा सुझावलाई आगामी विपद् व्यवस्थापनका गतिविधिमा समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, अभ्यासका क्रममा औँल्याइएका कमी, चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूको विश्लेषण गरी सम्बन्धित विषयगत कार्यालय तथा सुरक्षा निकायलाई सुधारात्मक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्नसमेत भनिएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपद्का बेला सरकारी तथा गैरसरकारी निकायबीच समयमै समन्वय हुन नसक्दा उद्धार तथा राहत कार्यमा ढिलाइ हुने गरेको उल्लेख गर्दै यस्ता अभ्यासले वास्तविक विपद्का समयमा कुन निकायले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्पष्टता ल्याउने बताउनुभयो।

बैठकले जिल्लामा विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता अभिवृद्धि तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउन यस्ता कृत्रिम घटना अभ्यास, टेबलटप तथा ड्रिल कार्यक्रम आवश्यकता अनुसार नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, कृत्रिम घटना अभ्यास सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य, सुरक्षा निकाय, स्थानीय तह, विषयगत कार्यालय, नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरिएको छ। अभ्यासको योजना, प्राविधिक सहयोग, सहजीकरण तथा सञ्चालनमा सहयोग पुर्‍याउने प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) तथा अन्य साझेदार संस्थाप्रति आभारसमेत व्यक्त गरिएको छ।

पछिल्ला वर्षहरूमा बर्दियामा विभिन्न प्रकारका विपद्का कारण जनधनको ठूलो क्षति हुँदै आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा भएका विपद्का घटनामा ३८ जना पुरुष र २७ जना महिला गरी ६५ जनाको मृत्यु भएको थियो। त्यस्तै, दुई जना बेपत्ता भएका थिए भने १६५ जना घाइते भएका थिए। घाइतेमध्ये ५४ जना महिला र १०२ जना पुरुष रहेका छन्।

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा विपद्का घटनामा ९० जनाको मृत्यु भएको थियो भने १६२ जना घाइते भएका थिए।

यी तथ्याङ्कले बर्दियामा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। सम्भावित जोखिमको पहिचान, पूर्वसूचना प्रणालीको सुदृढीकरण, उद्धार तथा राहतका लागि आवश्यक स्रोत–साधनको तयारी तथा सरोकारवाला निकायबीचको समन्वयलाई नियमित अभ्यासमार्फत थप सशक्त बनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार