मुख्य समाचार
स्थानीय नागरिक समाजलाई क्षमता अभिबृद्धि तालिम | बारबर्दिया १ का ३८ घरधुरी पुर्णसरसफाई उन्मुख घोषणा | युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि क्षमता अभिबृद्धि तालिम | बारबर्दिया नागरिक समाज बाल विवाह सचेतनामुलक अभियान चलाउदै | कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राख्न सरोकारवालाहरुको सुझाब | बाल विवाह न्युनिकरणका लागि अन्तरक्रिया तथा रेडियो बहस | किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण | बारबर्दियामा योजना तर्जुमा प्रक्रिया सम्बन्धी अन्तरक्रिया | बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा | द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान शुरु |
मुख्य समाचार
स्थानीय नागरिक समाजलाई क्षमता अभिबृद्धि तालिम | बारबर्दिया १ का ३८ घरधुरी पुर्णसरसफाई उन्मुख घोषणा | युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि क्षमता अभिबृद्धि तालिम | बारबर्दिया नागरिक समाज बाल विवाह सचेतनामुलक अभियान चलाउदै | कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राख्न सरोकारवालाहरुको सुझाब | बाल विवाह न्युनिकरणका लागि अन्तरक्रिया तथा रेडियो बहस | किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण | बारबर्दियामा योजना तर्जुमा प्रक्रिया सम्बन्धी अन्तरक्रिया | बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा | द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान शुरु |

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण

Rato Pen 24+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना संचालनको बिषयमा पालिका स्तरीय अभिमुखिकरण गरिएको छ । पालिका स्तरमा उक्त परियोजनाद्धरा संचालन गरिने कार्यक्रमको बारेमा जानकारी गराउने उदेश्यले  नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको हो । 

कार्यक्रमको बारेमा जानकारी परियोजनाका कार्यक्रम संयोजक सुरज अर्यालले जानकारी गराउनु भएको छ । परियोजना अन्तरगत कक्षा ६ देखि १२ सम्मा किशोरकिशोरी, अभिभवक, परिवार तथा समुदाय, शिक्षा, बि.ब्य.स., सि.अ.स. स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, समुदायका अगुवा, धार्मिक गुरु, स्थानीय सरकारलाई लक्षित गरेर कार्यक्रम संचालन गर्ने जानकारी गराउनु भएको छ ।  परियोजनाद्धारा क्रियाकलापमा यौन तथा प्रजनन अधिकार सम्बन्धी लक्षित समुदाय तथा सरोकारवालाहरुलाई अभिमुखिकरण, सहयोग, तालिम लैगिक तथा अपाङ्ग मैत्री भौतिक संरचना निर्माण, आवश्यक सामाग्री सहयोग, विद्यालय तथा स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री संरचना, युवा, बुवा समुहको बैठक तथा परिचालन लगाएत  यस बर्षमा करिब २५ वटा शिर्षकमा काम गर्ने योजना प्रस्तुत गर्नु भएको छ । साथै संचालन हुने कार्यक्रमको बिषयमा सहभागिहरुलाई जानकारी गराई छलफल पनि गर्नु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले यो परियोजना पहिलो चरणमा संचालन हुदा प्रभावकारी भएको र अहिले फेरी दोस्रो चरणमा संचालन हुनलाग्दा अझ प्रभाबकारी हुने विश्वास ब्यक्त गर्नु भएको छ । बारबर्दिया नगरपालिकालाई बाल विवाहमुक्त र सरसफाई युक्त पालिका बनाउनमा सहयोग पुग्ने अपेक्षा गर्नु भएको छ । सामाजिक विकासमा गति दिनका लागि संघसस्थाहरुको महत्वपुर्ण भूमिका रहने गरेकोले यस परियोजनाले हातेमालो गर्न सहयोग पुग्ने बताउनु भएको छ । पालिका र संघसंस्था सबै जना मिलेर कार्यक्रमलाई सफल बनाउन तर्फ अग्रसर हुने बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले हरेक क्रियाकलाप पालिका तथा वडासंग समन्वय गरेर अगाडी बढाउन सुझाब दिनु भएको छ । हरेक गतिबिधि समन्वय र सहकार्यमा भए लक्षित कार्यक्रमको प्रभाबकारी हुने विश्वास ब्यक्त गनु भएको छ । साथै अहिले नीति तथा कार्यक्रम र बजेट बनाउने बेला भएकोले संसस्थाहरुले आफ्नो कार्यक्रम पालिकामा पेस गर्न आग्रह गर्नु भएको छ । जसले गर्दा पालिकाको सबै वडा तथा क्षेत्रमा समानविकास गर्न सहयोग पुग्ने बताउनु भएको छ । 

 कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले संस्थाले गर्ने हरेक कार्यक्रम समन्वयमा गरेपछि दुब्लीकेशन नहुने बताउनु भएको छ । धेरै कार्यक्रमहरु दुब्लीकेशन भएर समविकासमा असर परिरहेकोले समन्वय र सकहकार्यको अतिआवश्यक रहेको बताउनु भएको छ । सहकार्यका कार्यक्रम संचालन भए हरेक क्षेत्र र दृष्टिकोणबाट पालिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ । 

अभिमूखिकरण कार्यक्रममा सभाध्यक्षत गरिराख्नु भएका राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आफ्नो सस्थाबाट संचालन हुने हरेक कार्यक्रमको समन्वय र सहकार्यमा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा देखिका कठिनाईलाई पालिकासंग छलफल गरी समाधानको उपाई खोजि योजना बनाएर कार्य गर्ने बताउनु भएको छ । समुदायमा आधारित कार्यक्रम रहेकोले परियोजनाको उदेश्य अनुसार लक्षित समुदायलाई फाईदा हुने अपेक्षा लिनुभएको छ । 

कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको साझेदारीमा संचालन भईरहेको कार्यक्रमको अभिमुखिकरण कार्यक्रम गरिएको छ । उक्त परियोजना मार्च २०२४ देखि डिसेम्बर २०२६ सम्म संचालन हुने भएपनि यस बर्षको कार्यक्रमको बारेमा मात्र जानकारी गराईएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम परियोजनाका अनुगमन तथा मुल्याँकन अधिकृत सुमित्रा पौडेलले कार्यक्रम संचालन गर्नु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरुको सहभागितामा आभिमुखिकरण गरिएको उक्त परियोजनाकी सुुपरभाईजर लक्ष्मी भुर्तेलले जानकारी गराउनु भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार