मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

धनौरामा स्काउटहरुलाई नेतृत्व विकास तथा उद्घोषण कला तालिम
धनौरामा स्काउटहरुलाई नेतृत्व विकास तथा उद्घोषण कला तालिम

Rato Pen 327+ समाचार ( )
७ श्रावण २०८२, बुधवार

 बर्दिया

बर्दियाको मधुवन नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरामा सञ्चालित धनौरा स्काउट टुपको आयोजनामा पाँच दिने नेतृत्व विकास तथा उद्घोषण कला तालिम सम्पन्न भएको छ। सामुदायिक रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जको संयोजनमा साउन ३ गतेदेखि सुरु भएको तालिम साउन ७ गते विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरिएको हो।

तालिममा करिब ९५ जना ब्वाय र गर्ल स्काउटहरू सहभागी रहेको थियो। स्काउट विधिमार्फत नेतृत्व क्षमता अभिवृद्धि र सार्वजनिक अभिव्यक्ति कौशल विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा मधुवन नगरपालिका–३ का वडा अध्यक्ष नारायण मल्ल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले युवाहरूलाई मार्गदर्शन दिने यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै स्काउट टुपको गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

त्यसैगरी, मधुवन नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष तिलक मल्लले पनि आफूहरू युवामैत्री कार्यक्रमप्रति सकारात्मक रहेको उल्लेख गर्दै सम्भव भएसम्म सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नु भयो ।

तालिममा सहभागी विद्यार्थीहरूले यस्ता सिर्जनात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाइ राख्न स्थानीय सरकारबाट नियमित सहयोग आवश्यक रहेको माग राख्नु भएको थियो। विद्यार्थीहरूको मागका प्रत्युत्तरमा अतिथिहरूले आवश्यक पहल र समर्थन गरिने स्पष्ट पार्नु भयो ।

तालिम प्रशिक्षक शितल थापा र टिकाराम चौधरीले गर्नु भएको थियो । 

कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष  अनिता चनारा सभाध्यक्षमा समापन भएको हो। सहायक प्रधानाध्यापक कुलप्रसाद अधिकारी (सुमन) सहित शिक्षक–शिक्षिका, विद्यालय परिवार तथा स्काउटर विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका अन्त्यमा स्काउट टुपका स्काउट मास्टर बलबहादुर दर्लामीले तालिम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार