मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा अपाङ्गता भएका व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
बारबर्दियामा अपाङ्गता भएका व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Rato Pen 357+ समाचार ( )
१६ मंगशिर २०८२, बुधवार

बारबर्दिया नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न साझेदार संस्थाको समन्वयमा नगरपालिका महिला तथा बालबालिका शाखा र नगरस्तरीय अपाङ्गता सञ्जालको आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूले स्थानीय सरकारले आफूहरूलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। अपाङ्गताको प्रकृतिअनुसार आवश्यक सहायतासामग्री उपलब्ध गराउनुपर्ने, वडा तहमा लक्षित कार्यक्रम नहुँदा गुनासो बढिरहेको तथा आय–आर्जन तथा सीप विकास तालिममा प्रमुख प्राथमिकतामा राखेर सहभागीता सुनिश्चित गर्नुपर्नेसहितका सुझावहरू राखिए। फरक क्षमताका व्यक्तिहरूको पहिचान गरी उनीहरूको क्षमता अनुरूप रोजगारी, कार्यक्रम तथा अवसर दिलाउनुपर्नेमा पनि जोड दिइयो।

अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले सहभागीहरूले राखेका गुनासा र सुझाव स्वाभाविक भएको बताउँदै स्थानीय सरकारले धेरै काम गरिरहेको जानकारी दिनुभयो। “सबै माग पूर्णरूपमा पूरा नहुन सक्छ तर धेरै कुरा वस्तुगत छन्। आवश्यकताअनुसार सहायतासामग्री वितरण जारी छ, यो पर्याप्त नहोला तर निरन्तरता छ”, उहाँले भन्नुभयो। साथै वडा तहमा योजना तर्जुमा प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सहभागीता बढेमा आवश्यक कार्यक्रम कार्यान्वयनमा लैजान सकिने उल्लेख गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले अपाङ्गता क्षेत्र पहिलेदेखि धेरै सुधार भएको भन्दै नीतिगत तथा संरचनागत रूपमा धेरै काम भएको स्पष्ट पार्नुभयो। सहभागीहरूले राखेका माग र सुझावहरू उपलब्ध स्रोत र प्रक्रियाका माध्यमबाट सम्बोधन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले हरेक वर्ष अपाङ्गता भएका व्यक्तिलाई समेट्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै, सञ्जाल तथा व्यक्तिहरूबाट प्राप्त सुझाव र योजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोर दिनुभयो।

बारबर्दिया नगरस्तरीय अपाङ्गता सञ्जालका संयोजक सन्तोष देवकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बारबर्दिया–१ देखि ११ वटै वडाबाट करिब एक सय जना सहभागी रहेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार