मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

जनज्योती मावि बनगाई तीन तारा विद्यालय घोषणा
जनज्योती मावि बनगाई तीन तारा विद्यालय घोषणा

Rato Pen 332+ समाचार ( )
२२ पौष २०८२, बुधवार

बारबर्दिया नगरपालिका वडा नम्बर ९ बनगाईमा रहेको जनज्योती माध्यमिक विद्यालयलाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको मापदण्ड पूरा गरेपछि आज औपचारिक रूपमा तीन तारा विद्यालय घोषणा गरिएको छ। यससँगै जनज्योती मावि बारबर्दिया नगरपालिकाभित्र तीन तारा विद्यालय बन्ने नवौँ विद्यालय बनेको छ।

तीन तारा विद्यालय घोषणा कार्यक्रमको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले विद्यालयलाई सफा, सुरक्षित र बालमैत्री वातावरणमा रूपान्तरण गर्न सरोकारवाला सबै पक्षको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालयमा स्वच्छ खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चितता बालबालिकाको स्वास्थ्य, सिकाइ र समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। जनज्योती माविले हासिल गरेको तीन तारा उपलब्धि नगरपालिकाका अन्य विद्यालयका लागि पनि प्रेरणाको विषय बनेको छ।”

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेले विद्यालयमा गरिएको सुधारले बालबालिकाको उपस्थिति र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यालयको भौतिक पूर्वाधारसँगै व्यवहारिक सरसफाइ बानीको विकास हुनु आवश्यक छ। तीन तारा विद्यालय घोषणाले अभिभावक र विद्यार्थीमा पनि जिम्मेवारीबोध बढाउने विश्वास लिएको छु।”

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले नगरपालिकाले विद्यालयहरूको वास सुविधा सुधारलाई प्राथमिकतामा राख्दै निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न साझेदार संस्थासँगको सहकार्यमा विद्यालयहरूलाई न्यूनतम मापदण्डभन्दा माथि पुर्‍याउने प्रयास भइरहेको छ। यसले दीगो विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्‍याउनेछ।”

कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तीन तारा विद्यालय प्राप्त गरेको प्रमाणपत्र प्रदान गरिएको थियो। साथै विद्यालयलाई तीन तारा स्तरसम्म पुर्‍याउन सहयोग पुर्‍याउने शिक्षक, अभिभावक, साझेदार संस्था तथा अन्य सरोकारवाला पक्षहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको छ।

विद्यालयलाई तीन तारा विद्यालयको स्तरसम्म पुर्‍याउन युके एडको आर्थिक सहयोगमा वाटरएड र बेस बर्दियाद्वारा सञ्चालित वासगेन परियोजनाअन्तर्गत विभिन्न चरणका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमहरूमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल प्रजनन स्याहार केन्द्रले प्राविधिक सहयोग प्रदान गरेका थिए।

सोही कार्यक्रममा सन्ततिका समुन्नतिका लागि अभिभावक शिक्षा कार्यक्रम पनि सम्पन्न गरिएको छ। बारबर्दिया नगरपालिकाभित्रका माध्यमिक तथा आधारभूत विद्यालयहरूमा निरन्तर रूपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ, जसले अभिभावकको सहभागिता र सचेतनामा वृद्धि गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार