मुख्य समाचार
पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न | जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न | बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै | लुम्बिनी प्रदेश स्वास्थ्यका सरकारी सवारी साधनलाई ‘डिजिटल निगरानी’ गरिदै | मधुवन नगरपालिका ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला तालिम | मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन समितिको बैठक | बारबर्दियाका कृषकहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण | पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने | लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा मुल्य सहितको नागरिक वडा पत्र | माओवादीले ग्रासरुट सुशासनमा बढी जोड दिने, समाजवादी विकास मोडेल ल्याउन सुझाव |

कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

SizTex 17+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
त्यस्तै शेष सेराज भन्ने शेष सराज, बद्री सहनीलाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीहरूले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।
त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको स्रेस्तेदार ढोडारीले जानकारी दिए ।
पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए । ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम, उनका भाइसहित अन्यमाथि थियो ।
यो मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार