मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

अपांगमैत्री संरचना निर्माणमा सबै पक्ष संवेदनशील बन्नु आवश्यक – अध्यक्ष आचार्य
अपांगमैत्री संरचना निर्माणमा सबै पक्ष संवेदनशील बन्नु आवश्यक – अध्यक्ष आचार्य

Rato Pen 349+ समाचार ( )
१५ श्रावण २०८२, बिहीबार

बारबर्दिया, बर्दिया — राष्ट्रिय अपांग महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले अपांगमैत्री भौतिक संरचना निर्माणमा सबै पक्ष संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

बर्दियाको बारबर्दियामा युके एड र वाटर एडको आर्थिक सहयोग, नेपाल प्रजनन स्वास्थ्य केन्द्र र राष्ट्रिय अपांग महासंघको प्राविधिक सहकार्यमा बेस बर्दियाद्वारा सञ्चालित वास गेन्स परियोजना अन्तर्गत विभिन्न विद्यालयमा गरिएको संयुक्त अनुगमनका क्रममा अध्यक्ष आचार्यले वर्तमान संरचनाहरु अझै पनि पहुँचयुक्त बन्न  पर्नेमा जाेड दिनु भएकाे छ ।

उहाँका अनुसार, आफ्नो तेस्रो चरणको अनुगमनसम्म आइपुग्दा केही सुधारका प्रयास देखिएकाे छ तर संरचना निर्माणमा संलग्न कामदारलाई प्रयाप्त तालिम नहुनु, अनुगमन तथा कार्यान्वयन पक्षमा अपांगमैत्री सोचको कमी हुनु, र ठोस योजना नहुनुले केही कमजाेर पक्ष देखिएकाे बताउनु भयाे ।

राष्ट्रिय अपांग महासंघले अपांगमैत्री संरचना निर्माणका लागि विविध अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले प्राविधिकहरूलाई आवश्यक तालिम, र्याम्प, चुक्कुन, बत्तीका स्वीच, र रंग प्रयोगजस्ता कुरामा पहुँच सुनिश्चित गर्ने उपायमा केन्द्रित भई काम भइरहेको जानकारी दिनुभयो।

उहाँले समावेशी तथा पहुँचयुक्त पाठ्यक्रम विकास, विभेदकारी शब्द हटाउने नीतिगत सुधार, नीति निर्माण तहमा पैरवी, र अपांग व्यक्तिहरूलाई नेतृत्व तहमा पुर्‍याएर सक्रिय भूमिका दिनेलगायत कामहरू भइरहेको बताउनुभयो।

हाल देशभर करिब ४ सय संस्था राष्ट्रिय अपांग महासंघसँग आबद्ध छन् भने बर्दियामा “बर्दिया अपांग पुनःस्थापना केन्द्र” क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो।

विपद्का बेला अपांगता भएका व्यक्तिलाई आवश्यक पूर्वसूचना, तालिम, समावेशी शिक्षा लगायत विषयमा काम भइरहेको उल्लेख गर्दै उहाँले अपांगता भएका व्यक्तिहरूलाई सरकारले अझै प्राथमिकतामा नराखेको महसुस भएकाले ऐन तथा नीतिको निर्माण र परिमार्जनका लागि महासंघ सक्रिय रूपमा लागिरहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार