मुख्य समाचार
गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न | बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण |
मुख्य समाचार
गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न | बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण |

बाल विकास शिक्षकलाई प्रारम्भिक बाल विकास तालिम

Rato Pen 298+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार
बर्दिया, बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बाल विकास केन्द्र मानिसको ब्यक्तित्व बनाउने पहिलो खुड्कीलो रहेको बताउनु भएको छ । प्राम्भिक बालविकास सम्वन्धि प्रारिम्भक बालबिकास केन्द्रका शिक्षकहरुका लागि १० दिने क्षमता विकास तालिमको समापन कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । बालबालिकाको जन्म दिने आमा पछिको शिक्षाको ज्योति दिने दोस्रो आमा भनेका शिक्षकहरु नै रहेको बताउनु भएको छ । बच्चालाई भबिष्यमा क्षमतावान, योग्य र दक्ष जनशक्ति उत्पादन गर्नमा शिक्षाको नै रहेकोले शिक्षक कर्मदिने आमाको रुपमा लिन सकिने बताउनु भएको छ । बारबर्दिया नगरपालिकाले शिक्षाक्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । बाल विकासका शिक्षकहरुलाई पालिकाले पनि तालिम प्रदान गरिरहेको र सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले शिक्षा क्षेत्रमा ईटा थप्ने काम गरिरहेको बताउनु भएको छ । साथै सहयोगी निकायहरुले कार्यक्रमको निरन्तरताको अपेक्षा पनि गर्नु भएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव तथा तालिम समापन कार्यक्रममा सभापति युवराज श्रेष्ठले पालिकाहरुको सामन्वय र सहकार्यमा कार्यक्रमहरु संचालन गरीरहेको बताउनु भएको छ । पालिका तथा सरोकारवालाहरुको सल्लाहसुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्न संस्था तयार रहेको बताउनु भएको छ । तालिमको प्रशिक्षक तथा सेतो गुराँस बाल विकास सेवाकी प्रशिक्षक झलकुमारी कार्कीले नेपाल सरकारको पठ्क्रमले निर्धारण गरेको बिषयबस्तुलाई समेटेर सहभागीहरुलाई शैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले आफुले सिकाएको बताउनु भएको छ । तालिमको समापन भएपनि तालिममा सहभागीहरुको काम भने शुरु भएको बताउनु भएको छ । जसरी तालिममा सक्रियहरुमा शैक्षिक सामाग्रीले सजाउनु भएको छ । त्यसरी नै कक्षाकोठामा सहजाउनु अपेक्षा लिएको बताउनु भएको छ । कार्यक्रममा सहभागी ठाकुरबाबा नगरपालिकाकी बाल विकास शिक्षक गायत्री पौडेल पोखरेलले १० दिने तालिम उपलब्धी मुलक भएको बताउनु भएको छ । बालबालिकाको शिक्षणसिकाई सक्रियाकलापमा सहयोग पुग्ने बताउनु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरुलाई बारबर्दियाको रम्ममापुर होमस्टेमा क्षमता विकास तालिम प्रदान गरिएको हो । यहि बैशाख ६ गते देखि शुरु भएको आज सनिबार तालिमको समापन गरिएको छ । प्रारम्भिक वालविकास पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तुलाई तालिममा समाबेश गरिएको छ । बालबालिकाका ज्ञान, सिप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सिप विकास मा जोड दिएको छ । बालबालिकाको विकास तथा सिकाइ उपलब्धि मूल्याङ्कन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको बारेमा छलफल गराईएको छ । बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सिप अभिवृद्धि गर्न सहयोग पुर्याउने उदेश्यका लागि तालिमको आयोजना गरिएको थियो । बालवालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपत्कालीन अवस्थाको व्यवस्थापन सम्वन्धी वुझाई प्रष्ट पारिएको छ । तालिम पश्चात सहभागीहरुले सिकेका कुरालाई कक्षाकोठा तथा व्यबहारमा लागु गर्ने विश्वास लिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले बताउनु भएको छ । प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा तालिम संचालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार