मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा नगरप्रमुख र किशोरीद्वारा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उद्घाटन
बर्दियामा नगरप्रमुख र किशोरीद्वारा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उद्घाटन

Rato Pen 357+ समाचार ( )
५ पौष २०८२, आइतबार

बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनहरूको नगरप्रमुख र किशोरी विद्यार्थीले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार दोस्रो चरण परियोजना अन्तर्गत मधुवन नगरपालिका–१ स्थित सूर्यपटुवा स्वास्थ्य चौकी र गुलरिया नगरपालिका–९ स्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएका भवनहरू मिति २०८२ पौष ४ गते भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।

मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता, नगरप्रमुख तेजबहादुर भाटको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नगर प्रवक्ता मेकबहादुर गुरुङ, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ र पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी गुलरिया नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षता, नगरप्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ, पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका पदाधिकारी, स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय किशोर–किशोरी तथा समुदायका व्यक्तिहरूको सहभागिता थियो।

जसका लागि भवन निर्माण गरिएको हो, उनीहरूकै सहभागितामा उद्घाटन गरिएको हो। मधुवनमा किशोरी विद्यार्थी पार्वतीले नगरप्रमुख तेजबहादुर भाट र प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङसँगै र गुलरियामा किशोरी विद्यार्थी नन्दनी यादवले नगरप्रमुख मुक्तिनाथ यादव र निर्देशक जुली गुरुङसँगै रिबन काटी भवन उद्घाटन गरेकी हुन्।

मधुवन नगरप्रमुख तेजबहादुर भाटले भवन निर्माणले किशोर–किशोरीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै समस्या लुकाउनुभन्दा समयमै स्वास्थ्य संस्थामा आएर परामर्श लिन आग्रह गर्नुभयो। उहाँले सहयोगी संस्थाप्रति आभार पनि व्यक्त गर्नुभयो।
त्यस्तै गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले मधेसी समुदाय अझै पनि पछि परेको उल्लेख गर्दै किशोर–किशोरीहरूलाई निडर भएर सेवा लिन आउने वातावरण सिर्जना गर्न सबै तहबाट पहल आवश्यक रहेकोमा जोड दिनुभयो।

परियोजना संयोजक सुरज अर्यालका अनुसार किशोर–किशोरीहरूको गोपनीयता सुनिश्चित गर्ने, गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने, आरामदायी प्रतीक्षालयको व्यवस्था गर्ने तथा सूचना, शिक्षा र सञ्चार सामग्रीमार्फत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले यी भवन निर्माण गरिएको हो। साथै, अपर्याप्त स्थान र पूर्वाधारका कारण गुणस्तरीय सेवा प्रवाहमा देखिएको समस्यालाई समाधान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङले यी भवनमार्फत धेरैभन्दा धेरै किशोर–किशोरीले गोपनीयता र आत्मसम्मानका साथ सेवा लिन पाउने विश्वास व्यक्त गर्नुभयो। किशोरी पार्वतीले भनिन्, “यो स्वास्थ्य सेवा हाम्रो लागि धेरै उपयोगी हुनेछ। विद्यालय नजिक भएकाले आउन सजिलो छ। यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा निडर र गोप्य रूपमा राख्न सकिने सुरक्षित स्थान अत्यन्त आवश्यक छ।”

यी भवनमार्फत विशेषगरी मधुवन नगरपालिका वडा नं. १ र २ तथा गुलरिया नगरपालिका वडा नं. ८, ९ र १० का किशोर–किशोरीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। सूर्यपटुवा स्वास्थ्य चौकीको भवन निर्माण लागत रु. ४३,५६,३८०.६२ र मथुराहरद्वार स्वास्थ्य चौकीको भवन निर्माण लागत रु. ४५,२७,८०३.९४ रहेको छ। साथै, दुवै स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि रु. ८,१७,००० बराबरका आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार