मुख्य समाचार
पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न | जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न | बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै | लुम्बिनी प्रदेश स्वास्थ्यका सरकारी सवारी साधनलाई ‘डिजिटल निगरानी’ गरिदै | मधुवन नगरपालिका ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला तालिम | मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन समितिको बैठक | बारबर्दियाका कृषकहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण | पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने | लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा मुल्य सहितको नागरिक वडा पत्र | माओवादीले ग्रासरुट सुशासनमा बढी जोड दिने, समाजवादी विकास मोडेल ल्याउन सुझाव |

सामाजिक सुधार अभियान सञ्चालन गर्ने राष्ट्रिय युवा संघ मोरङको निर्णय

Rato Pen 1+ समाचार ( )
पालिका इञ्चार्ज र सहइञ्चार्ज तोकियो
२८ अशोज २०८०, आइतबार

मोरङ । राष्ट्रिय युवा संघ मोरङले जिल्लामा विभिन्न क्षेत्रको सामाजिक सुधार अभियान सञ्चालन गर्ने भएको छ । आज मोरङको मिक्लाजुङ ७ मा सम्पन्न जिल्ला कमिटी मोरङको पूर्ण बैठकले जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा सुधार गर्ने र भ्रष्टाचार नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष प्रविण घिमिरेले युवाहरुको राजनीति परम्परागत ढंगले मात्र अघि बढ्न नहुने भन्दै समाजको विकासमा योगदान पुग्ने गरि राजनीतिक तथा सामाजिक गतिविधि अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले चाँडै नै जिल्लाका १७ वटै पालिकामा  प्रभावकारी  रुपमा अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको पनि जानकारी दिनुभयो । बैठककै अवसरमा मिक्लाजुङका विभिन्न ७ वटा फुटबल समूहहरुलाई २ २ थान फुटबल पनि वितरण गरिएको छ । 

नेकपा एमाले मोरङका जनसंगठन प्रमुख रविन थापाको प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य भूपाल श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको बैठकले जिल्लाका १७ वटै पालिकाका इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ ।

जसअनुशार मिक्लाजुङ इञ्चार्जमा  मदन श्रेष्ठ र सहइञ्चार्जमा देवेन्द्र राई, लेटाङ  इञ्चार्जमा दुर्गा प्रसाद घिमिरे र सहइञ्चार्जमा ज्ञान बहादुर मगर, केराबारी इञ्चार्जमा निर्मला लिम्बू र सहइञ्चार्जमा घनश्याम मगर, सुन्दरहरैंचा इञ्चार्जमा केशव वास्तोला र सहइञ्चार्जमा विनोद चौधरी, ग्रामथान इञ्चार्जमा कृष्ण खनाल र सहइञ्चार्जमा निरज विक, बेलबारी इञ्चार्जमा इश्वर गुरुङ र सहइञ्चार्जमा राजन पराजुली, कानेपोखरी इञ्चार्जमा जीवन सुब्बा र सहइञ्चार्जमा अनुप राई, पथरीशनिश्चरे इञ्चार्जमा किसन राई र सहइञ्चार्जमा काजी राई, उर्लाबारी इञ्चार्जमा केशब घिमिरे र सहइञ्चार्जमा सरोज पोखरेल, रतुवामाई इञ्चार्जमा समीर सुवेदी  र सहइञ्चार्जमा सागर पौडेल, सुनवर्सी इञ्चार्जमा विज्ञान अधिकारी र सहइञ्चार्जमा बलिहाङ लिम्बू, रंगेली इञ्चार्जमा केशव प्रसाद नेपाल, कटहरी इञ्चार्जमा विकाश  राजवंशी र सहइञ्चार्जमा अनुज ठाकुर, बुढीगंगा इञ्चार्जमा सीताराम सरदार र सहइञ्चार्जमा फणिन्द्र कार्की, विराटनगर महानगरपालिका इञ्चार्जमा प्रविण बस्नेत र सहइञ्चार्जमा भोजराज जम्मर कट्टेललाई जिम्मेवारी तोकिएको छ । 

यस्तै महिला विभाग प्रमुखमा निर्मला लिम्बू र उपप्रमुखमा रुविना ताम्राकार, संगठन विभाग प्रमुख तथा प्रवक्तामा मनोज दाहाललाई जिम्मेवारी दिइएको छ । यस्तै साइवर सर्कल प्रमुखमा रोशन गुरुङ र उपप्रमुखमा मानव थुलुङ राई तथा कृषि तथा सहकारी विभाग प्रमुखमा देवीलाल लिम्बूलाई चयन गरिएको छ । यस्तै बैठकले १९ जनालाई जिल्ला कमिटी सदस्यमा चयन गरेको छ ।  

बैठकमा नेकपा एमालेका जिल्ला तथा पालिकाका नेतागणहरुको समेत आतिथ्यता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार