मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

अनेरास्ववियुद्वारा बथाहाका वालवालिकालाई सहयोग, स्वास्थ्य शिविर समेत सञ्चालन

Rato Pen 1+ समाचार ( )
शिविरबाट ६३ जना स्थानीयवासीले सेवा लिए
८ पौष २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिकाको विकट पहाडी गाउँ बथाहामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै बालबालिकाहरुलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लेटाङ नगर कमिटीको आयोजनामा लेटाङ नगरपालिका वडा नम्बर १ स्थित बथाहामा स्वास्थ्य शिविर सञ्चालन गर्दै स्थानीय बालविकास केन्द्रका बालबालिकाहरुलाई पाठ्यसामाग्री, पोशाक, जुत्ता लगायतका सामाग्री प्रदान गरिएको हो ।

गत तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश दिंदै कार्यक्रम गरिएको अनेरास्ववियु मोरङका कार्यवहाक अध्यक्ष रुपेश खड्काले जानकारी दिनुभयो । एडभान्स हेल्थ केयर सेन्टर लेटाङ ३ को प्राविधिक सहयोगमा हेल्थ एसिस्टेन्टसहितको परामर्श सेवा प्रदान गर्नुका साथै औषधि समेत वितरण गरिएको खड्काको भनाइ छ । शिविरबाट ६३ जना स्थानीयवासीले सेवा लिएका छन् । यसरी विकट भूगोलमा रहेको आफ्नो गाउँमै स्वास्थ्यकर्मी आएर सेवा दिएपछि स्थानीयवासी हर्षित भएका छन् ।

यस्तै अनेरास्ववियुले स्थानीय बथाहा बालविकास केन्द्रका १० जना बालबालिकाहरुलाई १ वर्षसम्मलाई पुग्ने कपि र कमल, जुत्ता र मोजा तथा जाडोमा लगाउने पोशाक वितरण गरेको छ । विकट भूगोल र विपन्न समुदायको बसोबास रहेको ठाउँमा सञ्चालित बालविकास केन्द्रका बालवालिकाहरुलाई शिक्षा दीक्षामा सहज होस् भनेर सामाग्री प्रदान गएिको खड्काले बताउनुभयो ।

यसैगरि अनेरास्ववियुले स्थानीय क्षेत्रमा लोकप्रिय रहेको भलिवल खेलका लागि खेलकुद सामाग्री वितरण गर्नुका साथै मैत्रीपूर्ण खेलमा समेत सहभागिता जनाएको छ । स्थानीय युवाहरु र अनेरास्ववियुको टोलीबीच भएको मैत्रीपूर्ण खेलमा अनेरास्ववियुको टीम विजयी भएको थियो । बथाह यस्तो गाउँ हो जहाँ गतवर्ष मात्र विजुली वत्ती पुगेको थियो भने लेटाङ नगरपालिकाको केन्द्र भन्दा केरावारी गाउँपलिकाको केन्द्र पुग्न नजिक पर्दछ ।  

नेकपा एमाले समर्थित विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोशी प्रदेश सचिव सन्तोष घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजेश ढकाल, वडा नम्बर १ का वडाध्यक्ष तथा नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य विष्णु मगर, नेकपा एमाले लेटाङ १ का अध्यक्ष सुजन मगर, राष्ट्रिय युवा संघ जिल्ला सदस्य ज्ञानु मगर, अनेरास्ववियु मोरङका कार्यबहाक अध्यक्ष रुपेश खड्का, लेटाङ क्याम्पसका स्ववियु सभापति छवि श्रेष्ठ, सचिव पुजेश अधिकारी, अनेरास्ववियु लेटाङ क्याम्पस इञ्चार्ज सन्तोष भण्डारी, अनेरास्ववियु लेटाङका उपाध्यक्ष सविन रेग्मी, क्याम्पस कमिटी अध्यक्ष अनिश पोखरेल, अनेरास्वयियु नगर सहसचिव प्रज्ज्वल ढकाल लगायत अनेरास्वयिुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

पछिल्लो समय लेटाङ क्षेत्रका युवाहरु समाज सेवामा सहभागी हुने क्रम बढेको पाइएको छ । भर्खरै मात्र लेटाङका युवाहरुले लेटाङ ७ समलास्थित विद्यालयका विद्यार्थीहरुलाई पाठ्यवस्तु लगायतका सामाग्री वितरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार