मुख्य समाचार
बर्दिया जिल्ला अस्पतालले ९७ अंक हासिल गर्यो । | बेसार खेति तर्फ किसानहरुको आकर्षण बढदै | एचपीभी खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने | ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न | युवाहरुको सवाल योजना तर्जुमा प्रक्रियामा समावेश गराउन अन्तरक्रिया | दलित महिलाको पहुँच अभिवृद्धिमा संचारकर्मीको भूमिका विषयक कार्यक्रम सम्पन्न | तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव माघ १५ देखि २५ सम्म | पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न | जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न | बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै |

उपचारका क्रममा लेटाङकी एक युवतीको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

Rato Pen 1+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङकी एक युवतीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ की  ३० वर्षीया विनिता तामाङको विराट नर्सिङ होममा उपचारका क्रममा आज मंगलबार विहान मृत्यु भएको हो ।

लेटाङ ४ मा रहेको बंगालीको क्लिनिक भनेर चिनिने जनप्रिय मेडिकलमा उपचार गराइरहेकी तामाङलाई क्लिनिकले हिजो सोमबार साँझ सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर पठाएको थियो । यसअघि बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रबार जनप्रिय मेडिकलमा लगेका थिए । 

सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्याएका थिए । त्यसपछि मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरेपछि तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 मृतक तामाङका परिवारजनले मेडिकलमा डेंगू लागेको भनेर उपचार गराइरहेकोमा विराटनगरको अस्पतालले भने निमोनियाका कारण मृत्यु भएको बताएको जानकारी दिएका छन् । आफन्त र परिवारका सदस्यले मेडिकलले उपचारमा लापरवाही गरेका कारण मृत्यु भएको भन्दै शव मेडिकल अगाडि राखेर मंगलबार दिउँसो प्रदर्शन र नाराबाजी गरे । उनीहरुले मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

मेडिकल अगाडी भेला भएका आफन्त र परिवारका सदस्यले समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै मेडिकल विरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरे । अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अहिले अवस्था सामान्य भइ सकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।  

यसअघि लेटाङकै दीर्घायू मेडिकलमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मेडिकलमा उपचार गराइरहेका लेटाङ ७ का एक बालकको रेफर गरेर विराटनगर पुर्याएको भोलिपल्ट मृत्यु भएपछि स्थानीय र आफन्तले मेडिकल अघि प्रदर्शन गरेका थिए । मेडिकलहरुले निकै ढिलो गरि रेफर गरिदिंदा ठूला अस्पतालमा पुर्याएपनि विरामीले ज्यान गुमाउनु परिरहेको छ । यसतर्फ स्थानीय सरकारले आवश्यक नियमन गर्न आवश्यक देखिन्छ । 

प्रतिक्रिया

R. k.magar २६ भाद्र २०८०, मङ्गलबार

नगरपालिका ले अब तुरुन्त सम्पूर्ण ब्यसायिक क्लिनिक को डा. m.b.b.s मात्रले हुँदैन उस्को लाइसेन्स छ कि छैन भनेर अनुगमन गरि कार्बायि गर्नु पर्छ।अनि आफ्नै स्वामित्व मा रहेको phc मा लाइसेन्स प्राप्त डा. राखेर लेटाङे जनताको स्वास्थ को ग्यारेन्टी गर्नु पर्छ नत्र एक दिन नगर पालिका नै जनताको निसाना मा पर्न सक्छ।जय लेटाङ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार