मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

डेबिट निर्माण कम्पनीका प्रबन्धकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Rato Pen 332+ समाचार ( )
१५ असार २०८२, सोमबार

बर्दिया — डेबिट निर्माण कम्पनीका प्रबन्धक तथा बालुवा प्रशोधन केन्द्रका संचालक दामोदर अधिकारीले बर्दियास्थित जनता आधारभूत विद्यालय बारबर्दिया १ जाेधिपुरमा अध्ययनरत विपन्न तथा जेहेन्दार १५ जना विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ।

उहाँले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो। अधिकारीले निर्माण कम्पनीबाट हुने आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्वस्वरूप विपन्न तथा गरिब समुदायका लागि छुट्याउँदै आएको बताउनुभयो।

“मेरो सानो सहयोगले विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्य गर्दै आएको छु,” उहाँले भन्नुभयो, “विद्यार्थीहरू राम्रोसँग शिक्षित भए समाज र राष्ट्रकै विकासमा टेवा पुग्छ। यसरी सहयोग गर्न पाउँदा गर्व महसुस भएको छ।”

कार्यक्रम विद्यालयका प्रधानाध्यापक निरञ्जन रावल र विद्यालय व्यवस्थापन समितिको समन्वयमा सम्पन्न भएको हो। विद्यालय परिवारले अधिकारीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार