मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा जनचेतना आधारभूत विद्यालय तीन तारा विद्यालय घोषणा
बारबर्दियामा जनचेतना आधारभूत विद्यालय तीन तारा विद्यालय घोषणा

Rato Pen 357+ समाचार ( )
११ पौष २०८२, शनिबार

बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित जनचेतना आधारभूत विद्यालय विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतामा ‘तीन तारा विद्यालय’का रूपमा घोषित भएको छ। बारबर्दिया नगरपालिकाको आठौं तीन तारा विद्यालयको रूपमा मान्यता पाएको उक्त विद्यालयलाई नगरप्रमुख छबिलाल थारुले औपचारिक कार्यक्रमका बीच घोषणा गर्नुभएको हो।

युके एडको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा वाटर एड नेपाल तथा बेस बर्दियाको साझेदारीमा सञ्चालित वासगेन परियोजना अन्तर्गत विद्यालयमा खानेपानी, सरसफाइ एवं स्वच्छतासम्बन्धी पूर्वाधार र व्यवहार सुधार कार्यक्रम सञ्चालन भई आएको छ। परियोजनामार्फत भएका क्रियाकलाप तथा सुधारका प्रयासबाट कार्यविधिमा तोकिएका १० मध्ये सबै सूचक पूरा गरेपछि विद्यालयलाई तीन तारा विद्यालय घोषणा गरिएको हो।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले विद्यालयलाई तीन तारा स्तरमा पुर्‍याउन सबैको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “संस्कार र शिष्टाचारसहित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नगरपालिका निरन्तर काम गर्दैछ। आधारभूत पूर्वाधार र व्यवहारमा सुधार आएपछि मात्रै सिकाइमा प्रभाव देखिन्छ, यस उपलब्धिले विद्यालयलाई अझ प्रेरणा प्रदान गरेको छ।”

त्यस्तै, बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यालय परिवारलाई तीन तारा प्राप्तिमा सफल गराउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “विद्यालय, समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको साझा प्रयासले यो उपलब्धि हासिल भएको हो। यसको दिगोपनाका लागि निरन्तर सक्रियता र अनुशासनको आवश्यकता छ।”

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुले विद्यालयले स्वच्छता र खानेपानी व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको प्रशंसा गर्दै भन्नुभयो,
“यो सफलता विद्यालय मात्र होइन, सम्पूर्ण वडाको गर्व हो। भौतिक र शैक्षिक विकासमा वडा कार्यालय निरन्तर साथ दिन तयार छ। अब गुणस्तरीय शिक्षाको लक्ष्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्छ।”

सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीले तीन तारा उपलब्धिले विद्यालयलाई नयाँ उचाइमा पु-याएको उल्लेख गर्दै भन्नु भयो ,
“बच्चाहरू स्वस्थ, सफा र सुरक्षित वातावरणमा सिक्न पाउनु सबैभन्दा ठूलो उपलब्धि हो। स्वच्छता संस्कृतिको निरन्तरता र व्यवहार परिवर्तनलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ।”

कार्यक्रममा वाटर एडका परियोजना प्रबन्धक उमाशंकर यादबले नेतृत्वदायी क्षमता भएको नगरप्रमुख, शिक्षा शाखाको सक्रियता, सामाजिक विकास समितिको चाहना तथा शिक्षक, अभिभावक, विद्यार्थीहरुको लगनशिलताले सम्भब भएको बताउनु भएको छ । उहाँले अन्यपालिका भन्दा बारबर्दिया खानेपानी सरसफाईमा अगाडी रहेको बताउनु भएको छ । बारबर्दियाको सिकाई अन्य पालिका तथा देशकै नमुना बन्न सक्ने विश्वाश ब्यक्त गर्नु भएको छ । 

विद्यालयका प्रधानाध्यापक निरज थारुले विद्यालयको अवस्था र प्रगति बारे जानकारी गराउँदै पहिले चुनौतीपूर्ण अवस्थामा रहेको विद्यालय अहिले खानेपानी, सरसफाइ र स्वच्छता व्यवस्थापनमा अनुकरणीय बनेको बताउनुभयो। “यस उपलब्धिले हामीलाई अझ जिम्मेवार बनाएको छ, निरन्तर सुधारका लागि विद्यालय सक्रिय रहनेछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा विद्यालयलाई तीन तारा घोषणा गर्न योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। विद्यार्थीहरूले स्वागत, नृत्य, गीतसहितका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार