मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित
ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित

Rato Pen 103+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

ठाकुरबाबा नगरपालिकाले आफ्नो आठौं स्थापना दिवसको अवसरमा द्वन्द्व पीडित समिति (सिभिसि) बर्दियालाई सम्मान गरेको छ। २०८१ फागुन २७ गते आयोजित कार्यक्रममा सिभिसि बर्दियाका अध्यक्ष भागीराम चौधरीलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। द्वन्द्व पीडित अभिलेख, सवाल पहिचान तथा सम्बोधनका लागि ठाकुरबाबा नगरपालिकाले अघि सारेको योजनाबद्ध कार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

ठाकुरबाबा नगरपालिकाले महिला शान्ति तथा सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव न. १३२५ र १८२० कार्यान्वयन गर्दै देशकै पहिलो नमुना नगरपालिका बन्न सफल भएको छ। द्वन्द्व पीडितहरूसँग सम्बन्धित विभिन्न मुद्दा पहिचान गरी नीतिगत निर्णयमार्फत योजनाबद्ध रूपमा सम्बोधन गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस क्रममा सिभिसि बर्दियाले नगरपालिकासँग सहकार्य गर्दै प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको छ।

नगरपालिकाले द्वन्द्व पीडितहरू तथा नागरिकहरूको मानसिक स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको सिएमसि नेपाललाई समेत सम्मान गरेको छ। कार्यक्रममा सिएमसि नेपालका लुम्बिनी प्रदेश संयोजक हिमाल गैरेलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो। सो अवसरमा नगरपालिकाको समग्र विकास र समृद्धिमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व, कर्मचारी तथा संघ–संस्थालाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार