मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन
लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन

Rato Pen 349+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु वाटिका माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यशनी तथा बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दियाको आयोजना, मधुवन नगरपालिका वडा नं. २ को आर्थिक सहयोग तथा सूर्योदय सांस्कृतिक प्रतिष्ठान गुलरिया, बर्दियाको प्रस्तुतीमा मंगलबार विद्यालय परिसरमा सडक नाटक प्रदर्शन गरिएको हो।

पछिल्लो समय विभिन्न कारणले सानै उमेरमा लागुऔषध दुर्ब्यशनी र बालविवाह बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा कलाकार टोलीले समाजमा भइरहेका विकृति, विसंगति तथा त्यसबाट हुने असरलाई नाटकमार्फत प्रस्तुत गरेका थिए।

वडा अध्यक्ष आशाराम थारुले लागुऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयले प्रत्येक वर्ष चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बालबालिकालाई सही शिक्षा, संस्कार र वातावरण दिन अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष थारुले मधुवन नगरपालिका खुला भारतीय सीमा नाकासँग जोडिएको क्षेत्र भएकाले लागुऔषध ओसारपसार तथा दुर्ब्यशनी समस्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो। चेतनाको अभावका कारण समाजमा बालविवाह र लागुऔषध दुर्व्यशनी फैलिरहेको भन्दै उहाँले यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कलाकार टोलीले प्रस्तुत गरेको जनचेतनामूलक नाटकलाई विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले समाजको यथार्थ चित्रण गरिएको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार