मुख्य समाचार
मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा |

बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

Rato Pen 353+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

बारबर्दिया, बारबर्दिया नगरपालिका–२ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन नगर प्रमुख छविलाल थारुले गर्नुभएको छ। नवनिर्मित भवनबाट वडा कार्यालयका सेवा प्रवाह थप व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

वडा नं. २ का अध्यक्ष रामफेरन थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख थारुले वडा कार्यालय भवन निर्माणसँगै वडाबासीलाई आफ्नै वडाबाट सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने बताउनुभयो। उहाँले भौतिक पूर्वाधारको विकाससँगै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर स्थानीय सरकार अघि बढिरहेको बताउनुभयो।

नगर प्रमुख थारुले स्थानीय तहको विकासमा जनताको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वडा कार्यालयलाई नागरिकका समस्या र आवश्यकता सम्बोधन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नवनिर्मित भवनको संरक्षण र प्रभावकारी उपयोगमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय भवन निर्माणले वडाबाट प्रदान गरिने सेवा थप सहज हुने बताउनुभयो। उहाँले नागरिकले छिटो, सरल र पारदर्शी रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। विकास निर्माणका कामसँगै नागरिकका आधारभूत आवश्यकता र सेवामा समेत ध्यान दिँदै नगरपालिका अघि बढिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सामाजिक विकास समिति संयोजक, समाजसेवी, वरघर तथा स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो।

नवनिर्मित वडा कार्यालय भवनले वडा नं. २ का नागरिकलाई प्रशासनिक तथा स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवा लिन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

यज्ञ बहादुर सोडारी २७ श्रावण २०८३, बुधवार

धन्यवाद! हामी २ नं. वडावासीहरु पनि वडा कार्यालयको नयाँ भवनबाट प्रवाह हुने सेवाहरु सहज, सरल र जनमुखी हुने विश्वास गरेका छौं।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार