मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

ज्वरो आएर घरमै आराम गरिरहेका थिए नेम्वाङ, अस्पताल पुर्याए लगत्तै मृत घोषणा

Rato Pen 1+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको गएराति अचानक निधन भयो । सामाजिक सञ्जाल तथा सामाचारहरुमा हृयदघातका कारण निधन भएको भनिएको छ ।   

खासमा नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको बुझिएको छ ।  मंगलबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय बारे जानकारी दिने क्रममा पर्यटन मन्त्री सुदन किराँतीले नेम्वाङलाई ज्वरो आएको जानकारी पाइएको बताउनुभयो । रुघाखोकी तथा ज्वरो आएपछि सोमबार दिनभर घरमै आराम गरेर बस्नु भएको नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिनु भएको छ । आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । घरमै आएका डाक्टरले साँझ नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उहाँलाई १०२ डिग्री ज्वरो आएको थियो ।

पारिवारिक स्रोतकाअनुसार डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेका थिए । बेलुका सुप खाएर सुत्नु भएको उहाँ  राति करिब १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । 

उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।  त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

नेता नेम्वाङ बालुवाटारस्थित निवासमा हुनुहुन्थ्यो । उहाँका दुवै छोरा देश बाहिर छन् । छोराहरु आइपुगेपछि बुधबार वा विहीबार मात्र नेम्वाङको अन्त्येष्टि गरिने बताइएको छ । आज उहाँको शव एमाले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यता नेपाल सरकारले पनि नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार