मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

कञ्चनरूपको पडेमारामा आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति

Rato Pen 327+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं.५ स्थित पडेमारामा आइतबार दिउँसो आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति भएको छ ।

पडेमारामा आइतबार दिउँसो करिब ३ बजे सरदार टोल भएको भीषण आगलागीमा  परेर ११ परिवारको २३ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । यद्यपि, पूर्ण विवरण भने आउन बाँकी प्रहरीले जनाएको छ  । 
सरदार टोलका लालमोहन सरदारको गोठमा रहेको चुलोमा बालेको आगोबाट दिउँसो करिव ३ बजे आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगलागीबाट लालमोहन सरदारको टिनको छाना भएको चार वटा घर, बिजुली सदारको तीन वटा, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिर बहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार र बुटु सरदारको दुई–दुईवटा तथा त्रिभुवन सरदार, करण चौधरी र समुन्द्री सरदारको एक–एकवटा गरी २४ वटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा एउटा बाख्रा र एउटा पाठोको समेत जलेर मरेका छन् । आगलागीमा घरसँगै खाद्यान्न, लत्ताकपडा सहित सरसामानहरू जलेर नष्ट हुँदा २४ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कन्चनपुर,  राजविराज , हनुमाननगर नगरपालिका र नेपाल प्रहरीको ४ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दिउँसो करिब साढे ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दिउँसोको अत्याधिक हावाका कारण आगो नियन्त्रणमा ढिलाई भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार