मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार सुनिश्चिततामा जोड
अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार सुनिश्चिततामा जोड

Rato Pen 355+ समाचार ( )
२६ श्रावण २०८२, सोमबार

बर्दिया — अन्तरलिङ्गी व्यक्तिहरूको नेतृत्वमा सञ्चालन भइरहेको ‘परिवर्तनको लागि अभियान’ (Campaign for Change–CfC) ले अन्तरलिङ्गी बालबालिकाका बालअधिकार मुद्दाहरूमा स्थानीय तहका बालअधिकार समिति पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा CfC का निर्देशक ईसान रेग्मीले नेपालमा अझै अन्तरलिङ्गी व्यक्तिहरूका अधिकारसम्बन्धी नीति नसमेटिएको बताउँदै हिंसामा परेपछि उजुरी गर्ने ठोस व्यवस्था र सुरक्षित वातावरणको अभाव रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, अन्तरलिङ्गी व्यक्तिहरूको व्यक्तिगत पहिचान खुल्ने कानुनी प्रक्रिया सुनिश्चित गर्न ऐन संशोधनका लागि पहल भइरहेको छ। साथै सेवामुखी संयन्त्रहरूलाई समेत समावेशी बनाउन आवश्यक रहेको बताइयो।

रेग्मीले नेपाल सरकारसँग अन्तरलिङ्गीहरूको आधिकारिक तथ्यांक समेत नभएको, राष्ट्रिय जनगणनामा ‘महिला, पुरुष र अन्य’ भन्ने विकल्प भए पनि ‘अन्य’ श्रेणीमा देखाइएको संख्या वास्तविकताभन्दा न्यून रहेको बताउनुभयो। उहाँले जनगणनामा यथार्थ तथ्यांक संकलनका लागि फारममा स्पष्ट प्रश्नहरू समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले अन्तरलिङ्गी व्यक्तिहरूलाई व्यवसायमा जोड्ने लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले अन्तरलिङ्गी समुदायका सदस्यहरूलाई सक्रिय सहभागी बन्न आग्रह गर्दै पालिका तथा महिला बालबालिका शाखासँग नियमित सम्पर्कमा रहन अनुरोध गर्नुभयो।

नेपालको संविधानले व्यक्तिगत पहिचान खुल्ने नागरिकता प्रदान गर्ने व्यवस्था गरेको भए पनि यसको कार्यान्वयन प्रभावकारी नभएको, यसले अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार सुनिश्चिततामा चुनौती थपिएको सहभागीहरूले बताए। CfC ले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार प्रवर्द्धन, वकालत, सीप विकास तथा ज्ञानवृद्धि अभियानलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार