मुख्य समाचार
बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित | अपाङ्गता समावेशीकरणबारे मधुवनमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न | थारु संस्कृति संरक्षण प्रतियोगिता | बर्दियामा डल्फिन संरक्षण तालिम | द्धन्द्धपीडितले न्यायमा ढिलाइप्रति चिन्ता व्यक्त | न्यायका लागि द्वन्द्वपीडित परिवारको दबाब बढाउने तयारी | गौतमबुद्ध विद्यालयमा चारकोठे भवन शिलान्यास, शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह |

बारबर्दियामा एच.पि.भि. खोप अभियान माघ २५ र २६ गते सञ्चालन हुने
बारबर्दियामा एच.पि.भि. खोप अभियान माघ २५ र २६ गते सञ्चालन हुने

SizTex 33+ समाचार ( )
१९ माघ २०८२, सोमबार

माघ १९ गते

बारबर्दिया नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप कार्यक्रम २०८२ अन्तर्गत माघ २५ र २६ गते खोप अभियान सञ्चालन हुने भएको छ। उक्त खोप अभियानको प्रभावकारी कार्यान्वयनका लागि नगरखोप समन्वय समिति, स्वास्थ्य संस्था प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा खोप अभियानको कार्ययोजना, लक्ष्य समूह तथा समन्वयका विषयमा छलफल गरिएको थियो। खोप अभियानअन्तर्गत पहिलो दिन माघ २५ गते नगरभित्रका विद्यालयहरूमा खोप सञ्चालन गरिनेछ भने दोस्रो दिन माघ २६ गते खोप क्लिनिक तथा समुदाय स्तरमा खोप प्रदान गरिने जानकारी दिइएको छ।

यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीहरू तथा गत वर्ष खोप लगाउन छुटेका किशोरीहरूलाई मात्र खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ। बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलका अनुसार एच.पि.भि. खोप जीवनमा एकपटक मात्र लगाउनुपर्ने भएकाले गत वर्ष खोप लगाइसकेकाहरूले पुनः खोप लगाउन नपर्ने स्पष्ट पार्नु भयो। उहाँका अनुसार गत वर्ष कक्षा ६ देखि १२ सम्मका ३ हजार ६ सय ९९ जना किशोरीहरूलाई खोप लगाइएको थियो।

बारबर्दिया नगरपालिकाले स्वास्थ्य सेवा मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, परीक्षण तथा उपचारसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्नकुमारी पाण्डेले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सबैको साझा प्रयासबाट मात्र सफल हुने बताउनु भयो। उहाँले अभियान सफल बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय तथा सरोकारवाला निकायहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो।

उक्त अन्तरक्रिया कार्यक्रम नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि तथा वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, बारबर्दिया नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार