मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

यस्तो छ नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्ने तरिका

Rato Pen 1+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा पनि छ । सेवाग्राहीले सवारी चालक अनुमतिपत्रबाटै नागरिक एप भेरिफाई समेत गर्न सक्छन् । तर नागरिक एपमा लिङ्क गर्न मिले पनि यसमा रहेको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता दिएको थिएन । 

अब भने सवारी जाँचमा नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिएकाे छ । ​सोमवार एक विज्ञप्ति राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे हाे । 

     ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा मात्रै नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र मान्य हुने बताइएकाे छ ।

नागरिक एपमा लाइसेन्स कसरी लिङ्क गर्ने ? 

तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ । 

-सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् । 

-अनि, पपुलर सर्भिसेस (Popular Services) वा नेपालीमा ‘लोकप्रिय सेवाहरू’ लेखिएको अप्सनमा रहेको ‘सवारी चालक अनुमति पत्र’ को अप्सनमा ट्याप गर्नुहोस् ।

-यति आफ्नो सवारी चालक अनुमति पत्र नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् । 

-र, तपाईंले दिएको नम्बर म्याच भएको खण्डमा लाइसेन्स लिङ्क हुन्छ ।  (टेक पानाबाट) 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार