मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने
मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने

Rato Pen 355+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर २ कुमराघाट क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्यको अनुगमनका क्रममा मापदण्डविपरीत उत्खनन भएको निष्कर्ष निकालिएको छ। अनुगमन समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागितामा गरिएको स्थलगत निरीक्षणपछि सम्बन्धित निकायहरूले आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

अनुगमनमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सरोज पौडेल, जिल्ला समन्वय अधिकारी ओमकार शाह, बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, प्राविधिक कर्मचारी, इन्जिनियर तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

स्थलगत अनुगमनका क्रममा स्वीकृत मापदण्ड र नियमावली विपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको सहभागीहरूले बताएका छन्। हालसम्म नदीको पानीको बहावलाई सीमाना मान्ने प्रचलनका कारण उत्पन्न भएको अन्योललाई स्पष्ट गर्दै अब कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा अनुगमन टोलीका सदस्यहरूले जोड दिएका छन्।

अनुगमनका क्रममा बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र समेत मधुवनतर्फबाट ग्राभेल उत्खनन गरिएको पाइएको जनाइएको छ। यस विषयमा थप अध्ययन गरी वास्तविक अवस्था यकिन गर्न र आवश्यक प्रमाणसहित प्रतिवेदन तयार गर्न दुवै नगरपालिकाको कार्यपालिका तथा संयुक्त अनुगमन समितिले पहल गर्ने निर्णय भएको छ।

सहभागीहरूले मापदण्डविपरीत भएको उत्खननले नदीको प्राकृतिक संरचना, वातावरण तथा स्थानीय बासिन्दाको सुरक्षामा असर पुग्ने भएकाले दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्। अनुगमन टोलीले छिट्टै विस्तृत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार