मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको मुख्य आयोजनामा मधुवन नगरपालिकामा तेस्रो औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव यहि माघ १५ देखि २५ सम्म संचालन हुने भएको छ।
“साँस्कृतिक विविधता: अनेकतामा एकता, मधुवनको पहिचान; कृषि, पर्यटन, व्यापार र उद्यमशीलता हाम्रो पहिचान” भन्ने मुल नाराका साथ महोत्सव गरिने छ। आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै मधुवन नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचार-प्रसार, योजनाबद्ध विकास र आर्थिक उन्नतिमा महोत्सवले योगदान पुर्याउने बताएको छ।
आयोजनाको उद्देश्य र लक्ष्य:
मधुवन नगरपालिकालाई आर्थिक, सामाजिक, र शैक्षिक रूपमा सबल बनाउँदै जनताको जीवनस्तर उकास्ने महोत्सवको उद्देश्य रहेको छ।
- स्थानीय उत्पादनको व्यापार प्रवर्द्धन र निर्यातमा प्रोत्साहन।
- पर्यटन व्यवसायको विकास र प्रवर्द्धन।
- लोपोन्मुख कला, संस्कृति र भेषभूषाको संरक्षण।
- कृषिमा आधारित उद्योग र निर्यातमुखी परियोजनाको प्रवर्द्धन।
- खेलकुद, शिक्षा र चेतना अभिवृद्धिमा सहयोग।
कार्यक्रमहरू:
महोत्सवमा १ सय ५० भन्दा बढी स्टल राखिनेछ। नगरभित्रका व्यवसायीले स्टलमा ५०% छुट पाउनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, पौराणिक भेषभूषा झल्किने सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, र मनोरञ्जनका खेलहरू महोत्सवका आकर्षण हुनेछन्।
- कृषिजन्य, पशुजन्य, र हस्तकलाका उत्पादनहरूको प्रदर्शनी।
- एक गाउँ एक उत्पादन परियोजनाका वस्तुहरू प्रदर्शन।
- दैनिक उपभोग्य सामग्री, जडीबुटी, तथा अटोमोबाइल्सको प्रदर्शनी।
- स्थानीय जातजातिका मौलिक नृत्य र थारु परिकार झल्कने थारु गाउँको प्रदर्शन।
- राष्ट्रिय कलाकारद्वारा दोहोरी गीत र अन्य मनोरञ्जनात्मक कार्यक्रम।
- मधुवन डान्स आइडल प्रतियोगिता: प्रथम पुरस्कार रु. २० हजार, द्वितीय १२ हजार, तृतीय ७ हजार, र सान्त्वना पुरस्कार रु. ३ हजार।
सुविधाहरू:
- सुरक्षा, पिउने पानी, र विद्युतको उचित व्यवस्था।
- पर्यटकका लागि भ्रमण प्याकेज।
- प्राथमिक उपचार र एम्बुलेन्स सेवा।
- स्वादिष्ट परिकार र उपभोग्य सामग्रीका चमेना गृह।
- शौचालय, पार्किङ, र मनोरञ्जनका सुविधाहरू।
महोत्सवका मुख्य आयोजक:
मधुवन उद्योग वाणिज्य संघको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र मधुवन नगरपालिका संरक्षक रहनेछन्।
यो महोत्सवले मधुवन क्षेत्रको आर्थिक, सामाजिक, र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
नायक/गायक/गायिका आउने दिनको तालिका खै त सार्वजनिक गरेको हजुर