मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव माघ १५ देखि २५ सम्म
तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव माघ १५ देखि २५ सम्म

SizTex 42+ समाचार ( )
मधुवन उद्योग वाणिज्य संघको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र मधुवन नगरपालिका संरक्षक रहनेछन्।
७ माघ २०८१, सोमबार

मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको मुख्य आयोजनामा मधुवन नगरपालिकामा तेस्रो औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव यहि माघ १५ देखि २५ सम्म संचालन हुने भएको छ।

साँस्कृतिक विविधता: अनेकतामा एकता, मधुवनको पहिचान; कृषि, पर्यटन, व्यापार र उद्यमशीलता हाम्रो पहिचान” भन्ने मुल नाराका साथ महोत्सव गरिने छ। आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै मधुवन नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचार-प्रसार, योजनाबद्ध विकास र आर्थिक उन्नतिमा महोत्सवले योगदान पुर्‍याउने बताएको छ।

आयोजनाको उद्देश्य र लक्ष्य:
मधुवन नगरपालिकालाई आर्थिक, सामाजिक, र शैक्षिक रूपमा सबल बनाउँदै जनताको जीवनस्तर उकास्ने महोत्सवको उद्देश्य रहेको छ।

  1. स्थानीय उत्पादनको व्यापार प्रवर्द्धन र निर्यातमा प्रोत्साहन।
  2. पर्यटन व्यवसायको विकास र प्रवर्द्धन।
  3. लोपोन्मुख कला, संस्कृति र भेषभूषाको संरक्षण।
  4. कृषिमा आधारित उद्योग र निर्यातमुखी परियोजनाको प्रवर्द्धन।
  5. खेलकुद, शिक्षा र चेतना अभिवृद्धिमा सहयोग।

कार्यक्रमहरू:
महोत्सवमा १ सय ५० भन्दा बढी स्टल राखिनेछ। नगरभित्रका व्यवसायीले स्टलमा ५०% छुट पाउनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, पौराणिक भेषभूषा झल्किने सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, र मनोरञ्जनका खेलहरू महोत्सवका आकर्षण हुनेछन्।

  1. कृषिजन्य, पशुजन्य, र हस्तकलाका उत्पादनहरूको प्रदर्शनी।
  2. एक गाउँ एक उत्पादन परियोजनाका वस्तुहरू प्रदर्शन।
  3. दैनिक उपभोग्य सामग्री, जडीबुटी, तथा अटोमोबाइल्सको प्रदर्शनी।
  4. स्थानीय जातजातिका मौलिक नृत्य र थारु परिकार झल्कने थारु गाउँको प्रदर्शन।
  5. राष्ट्रिय कलाकारद्वारा दोहोरी गीत र अन्य मनोरञ्जनात्मक कार्यक्रम।
  6. मधुवन डान्स आइडल प्रतियोगिता: प्रथम पुरस्कार रु. २० हजार, द्वितीय १२ हजार, तृतीय ७ हजार, र सान्त्वना पुरस्कार रु. ३ हजार।

सुविधाहरू:

  1. सुरक्षा, पिउने पानी, र विद्युतको उचित व्यवस्था।
  2. पर्यटकका लागि भ्रमण प्याकेज।
  3. प्राथमिक उपचार र एम्बुलेन्स सेवा।
  4. स्वादिष्ट परिकार र उपभोग्य सामग्रीका चमेना गृह।
  5. शौचालय, पार्किङ, र मनोरञ्जनका सुविधाहरू।

महोत्सवका मुख्य आयोजक:
मधुवन उद्योग वाणिज्य संघको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र मधुवन नगरपालिका संरक्षक रहनेछन्।

यो महोत्सवले मधुवन क्षेत्रको आर्थिक, सामाजिक, र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

दिपाल कर्ण १५ माघ २०८१, मङ्गलबार

नायक/गायक/गायिका आउने दिनको तालिका खै त सार्वजनिक गरेको हजुर

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार