मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियाका विद्यालयमा वास अन्तर्गत अवरोध विश्लेषण तथा योजना निर्माण कार्यशाला
बारबर्दियाका विद्यालयमा वास अन्तर्गत अवरोध विश्लेषण तथा योजना निर्माण कार्यशाला

Rato Pen 357+ समाचार ( )
१२ श्रावण २०८२, सोमबार

बर्दिया — विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) को अवस्थाबारे अवरोध विश्लेषण तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ। वासगेन परियोजनाअन्तर्गत आयोजित सो कार्यशालामा हालसम्म परियोजनाले विद्यालयस्तरमा पहिचान गरेका समस्याहरुको विश्लेषण, समाधानको योजना तथा आगामी कार्यदिशाका विषयमा गहन छलफल गरिएको छ ।

कार्यक्रममा परियोजना संयोजक जगदिश चौधरीले वास कार्यान्वयनमा देखिएका अवरोधहरू प्रस्तुत गर्दै विद्यालयहरूमा खानेपानी तथा सरसफाई प्रवाह सुधारका लागि प्रणालीगत सुधार आवश्यक रहेको बताउनु भयाे । उहाँले हाल विद्यालयमा कार्यान्वयन भइरहेका वास कार्यविधिहरू प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने  समन्वय र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनु भयाे ।

कार्यशालामा प्रस्तुत तथ्यांकअनुसार, २७ प्रतिशत विद्यालयमा मात्र कार्यालय सहयोगी रहेको र फोकल शिक्षकहरूलाई सामान्य मर्मत–सम्भारको ज्ञान भए पनि व्यवहारिक अभ्यासमा चुनौती देखिएको उल्लेख गरिएको थियो। यस्तै, ४३ प्रतिशत विद्यार्थीलाई शिक्षा अधिकारबारे जानकारी भए पनि महिनावारी स्वच्छता तथा वाससम्बन्धी अधिकारबारे मात्र ५७ प्रतिशत विद्यार्थी जानकार रहेको तथ्य प्रस्तुत गरियो।

कार्यशालामा सहभागीहरुलाई पाँच समूहमा विभाजन गरी वासका पाँच आधारभूत घटकहरूमा आधारित समुह कार्य गराइएको थियो। ती घटकहरूमा नीति, रणनीति तथा सरकारी नेतृत्व; संस्थागत व्यवस्था, क्षमता र समन्वय; वित्तीय व्यवस्थापन; सेवा प्रवाह, व्यवहार परिवर्तन र पुर्वाधार; तथा अनुगमन, जवाफदेहिता र नियमन रहेकाे थियो।

प्रत्येक समूहले वर्तमान अवस्था, अवरोध, अवसर र समाधानका उपाय पहिचान गर्दै कार्यान्वयन योजना तयार पार्नु भएकाे थियाे । बारबर्दियामा वासगेन परियोजना लागू भएका १० विद्यालयबाहेक अन्य विद्यालयमा समेत अनुगमन तथा कार्यक्रम विस्तार गर्ने, नमुना विद्यालयको रुपमा विकास गर्दै आवश्यकतानुसार कार्यक्रम अघि बढाउने योजना पनि कार्यशालामा तय गरिएको छ ।

कार्यशाला युके एड र वाटर एडको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्वास्थ्य केन्द्रको सहकार्यमा बेस बर्दियाबाट सञ्चालित वासगेन परियोजना अन्तर्गत गरिएको हो।

कार्यक्रम सामाजिक समिति संयोजक श्यामकुमारी चौधरीको अध्यक्षता र बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्षहरू, परियोजना सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, विषयगत शाखा प्रमुखहरू तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यशालाको सहजीकरण परियोजनाका तालिम तथा पैरवी अधिकृत दुर्गा चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार