मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दिया जिल्ला अस्पतालले ९७ अंक हासिल गर्यो ।
बर्दिया जिल्ला अस्पतालले ९७ अंक हासिल गर्यो ।

Rato Pen 357+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

होमेन्द्र थापा (बर्दिया)

बर्दिया जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै  ९७ अंक प्राप्त गर्न सफल भएको छ । स्वास्थ्य सेवा, सरसफाइ, बहिरङ्ग सेवा, आपत्कालीन सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई आधार मानेर गरिएको मूल्याङ्कनमा अस्पतालले उल्लेखनीय अंक हासिल गरेको हो ।

न्युनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत बुधवार भएको अस्पतालको अनुगमन मुल्याङ्कन तथा समिक्षा कार्यक्रममा अनुगमन प्रमुख तथा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले मुल्याङ्कनका मापदण्ड र प्रक्रिया बारे जानकारी गराउनु भयो । 

बर्दिया जिल्ला दोस्रो श्रेर्णी  ए’ वर्गको अस्पताल हो । गत बर्ष बर्दिया अस्तालले ७०/४२ अंक प्राप्त गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष अस्पतालले अझै राम्रो अंक हासिल गरेको छ । लगातार तेस्रो वर्ष पहिलो स्थान कायम राख्दै यस वर्ष ९७ अंक प्राप्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित जनशक्तिबाट उत्कृष्ट व्यवस्थापन गर्दै तोकिएको मापदण्ड प्राप्त गर्नु ठुलो उपलब्धि भएको बताउनुभयो । बर्दिया अस्पतालको सफलतामा गर्व व्यक्त गर्दै उहाँले प्रादेशिक अस्पतालको रूपमा थप सेवा विस्तार गरी जनतालाई बाहिर रिफर नगरी आवश्यक स्वास्थ्य सेवा यहीँ उपलब्ध गराउने व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटण्डेन सुभाष पाण्डेले अस्पतालले यो अंक प्राप्त गर्नुमा  अस्तालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार