मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न

Rato Pen 331+ समाचार ( )
६ पौष २०८२, सोमबार

बारबर्दिया नगरपालिकामा राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) द्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका) को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उक्त परियोजनाको उपलब्धि, चुनौती, सिकाइ र खर्च विवरण सरोकारवालामाझ सार्वजनिक गरिएको हो ।

सामाजिक परीक्षणमा सहभागीहरूले परियोजनाको दिगोपनाका आधारबारे धारणा राख्दै बहुक्षेत्रीय रूपमा काम भएकाले सफ्टवेयर तथा हार्डवेयर दुवै पक्षमा सकारात्मक सहयोग पुगेको बताए । विद्यालयस्तरमा पुस्तक पढ्ने बानीको विकास हुनुका साथै कार्यक्रम सकिएका विद्यालयहरूमा पनि निरन्तर फलोअप भई सुधारका कार्यहरू भइरहेको सहभागीहरूको भनाइ थियो। परियोजनाअन्तर्गतका कार्यक्रम समयमै र पारदर्शी रूपमा सञ्चालन भएकाले पालिकाले सञ्चालन गर्ने योजनाहरूमा समेत यसलाई सिकाइका रूपमा लिनुपर्ने सुझाव दिइएको छ।

सहभागीहरूले निर्माण भएका संरचनाहरूको मर्मत–सम्भार तथा संरक्षणका लागि स्पष्ट व्यवस्था आवश्यक रहेको, परियोजना बहुक्षेत्रमा आधारित भएकाले पालिकाका सबै विषयगत शाखासँग समन्वय गर्नुपर्ने र यसले विद्यार्थीहरूमा आत्मविश्वासका साथ अध्ययन गर्ने वातावरण सिर्जना गरेको बताए। साथै बुवा समूह प्रभावकारी देखिएकाले यसलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले समुदायमा संघसंस्थाद्वारा सञ्चालन भइरहेका कार्यक्रमहरू संस्थाकै मात्र नभई सरकारको कार्यक्रमलाई सहयोग गर्ने पहलका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सामाजिक विकासका कार्यक्रमहरू बस्तीस्तरका योजनाबाट आउनुपर्ने र विषयगत शाखामार्फत पनि त्यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सामुदायिक वनसँग समन्वय गरी समुदायमा काम गर्नुपर्ने र व्यवहारिक सीप प्रदान गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले सहभागीहरूको प्रतिकृयाअनुसार परियोजना सकारात्मक रूपमा सञ्चालन भइरहेको देखिएको बताउँदै कार्यक्रमको निरन्तरताले उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले बालबालिकाले सिकेका ज्ञान र सीप पुस्तान्तरण हुने भएकाले परियोजना दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो। किशोरकिशोरीहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ भए आगामी पुस्ता पनि सक्षम हुने उहाँको धारणा थियो। साथै स्थानीय सरकारसँगको सहकार्य र समन्वयमै कार्यक्रम सञ्चालन भएकाले दिगो व्यवस्थापनमा सबै पक्ष सकारात्मक हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

प्लान इन्टरनेशनल नेपालकी कार्यक्रम अधिकृत सुस्मा घर्तीमगरले विद्यालय तथा पालिकाले तथ्य र तथ्यांकको आधारमा विषय प्रस्तुत गरे कार्यक्रम सञ्चालन र योजना निर्माण अझ सहज हुने बताउनुभयो।

कार्यक्रम संयोजक सुरज आर्यालले आर्थिक वर्ष २०८२/०८३ मा ३३ लाख ६३ हजार रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो।

सामाजिक परीक्षण कार्यक्रममा बारबर्दिया नगरपालिकाका विषयगत शाखा प्रमुखहरू, कार्यक्रम सञ्चालन भएका वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा किशोरकिशोरी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

उक्त परियोजनाअन्तर्गत किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधारका लागि लैंगिक तथा अपाङ्गमैत्री शौचालय, किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था, अपाङ्गमैत्री ह्यान्डवासिङ स्टेशन, विद्यालयमा किशोरीका लागि महिनावारी आरामकक्ष, किशोरकिशोरीमैत्री सूचनाकक्ष स्थापना तथा वृहत यौनिकता शिक्षा सम्बन्धी स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई तालिम प्रदान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार