मुख्य समाचार
गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय |

बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी
बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी

Rato Pen 361+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

बारबर्दिया,    विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण (प्रयास–दोस्रो चरण) परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन गरिएको छ।

श्रावण १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ५० जना स्थानीय नागरिक सहभागी भएका छन्। सहभागी प्रत्येक व्यक्तिलाई प्रतिदिन रु. ७१५ का दरले पारिश्रमिक उपलब्ध गराइनेछ। कार्यक्रममार्फत विपद् जोखिम न्यूनीकरणसँगै स्थानीय नागरिकलाई रोजगारीको अवसरसमेत प्रदान गरिएको छ।

कार्यक्रममा सहभागीहरूले काम गर्ने अवसरसँगै बाढी तथा डुबानबाट समुदायलाई सुरक्षित बनाउन योगदान गर्न पाउँदा खुसी लागेको बताएका छन्। यस्ता कार्यक्रमले आयआर्जनमा सहयोग पुग्नुका साथै समुदायलाई प्राकृतिक विपद्बाट जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका विपद् सम्पर्क व्यक्ति राजकुमार चौधरी ले आफूहरू कमाउने मात्र नभई समुदायलाई जोगाउने काममा समेत सहभागी भएकाले इमानदारीपूर्वक र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नुभयो।

त्यसैगरी बी ग्रुपका कार्यक्रम अधिकृत जयलाल विश्वकर्माले सानो लगानीमा ठूलो उपलब्धि हासिल हुने गरी परियोजना सञ्चालन गरिएको बताउनुभयो। बारबर्दिया नगरपालिकामा यसअघि सम्पन्न भएका कार्यहरूको सकारात्मक नतिजा, स्थानीय समुदायको आवश्यकता तथा नगरपालिकाको मागलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

बारबर्दिया नगरपालिका–७ का वडा अध्यक्ष ईन्द्रप्रसाद थारू ले सहभागीहरूलाई सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गर्दै सुरक्षित रूपमा काम गर्न आग्रह गर्नुभयो। गुणस्तरीय र प्रभावकारी काम भए आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने सम्भावना अझ बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

सहभागीहरूको सुरक्षाका लागि प्रत्येक व्यक्तिलाई सुरक्षा हेल्मेट, सुरक्षा पञ्जा, प्रतिबिम्बित सुरक्षा ज्याकेट र सुरक्षा जुत्ता उपलब्ध गराइएको छ। 

विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम बारबर्दिया नगरपालिका, बी ग्रुप र प्लान इन्टरनेशनल नेपाल को साझेदारीमा कार्यान्वयन भइरहेको हो।

परियोजनाका सुपरभाइजर भरत चौधरी का अनुसार कार्यक्रमले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरणका संरचना निर्माण तथा संरक्षणसँगै समुदायको जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार