मुख्य समाचार
बारबर्दियाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत | मानव बेचबिखन तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | विद्यालय असल संस्कार र नेतृत्व विकासको केन्द्र हो : मन्त्री तिमिल्सिना | | बारबर्दियामा परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू | किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो |

बारबर्दियाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत
बारबर्दियाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

Rato Pen 312+ समाचार ( )
समृद्ध बारबर्दियाको आधार कृषि, स्वास्थ्य र पूर्वाधार
९ असार २०८३, मङ्गलबार

बारबर्दिया, असार ९ – बारबर्दिया नगरपालिकाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वातावरण संरक्षण तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले जलवायुजन्य विपद्, मानव–वन्यजन्तु द्वन्द्व, लागूऔषध दुव्र्यसन, बेरोजगारी, जग्गा खण्डीकरण तथा न्यून आयजस्ता चुनौतीलाई सम्बोधन गर्दै समृद्ध बारबर्दिया निर्माणको दीर्घकालीन लक्ष्य अघि सारेको जनाएको छ। नीति तथा कार्यक्रमले स्थानीय उत्पादन, वातावरण संरक्षण, सामाजिक समावेशीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा पूर्वाधार आधुनिकीकरणलाई विकासको आधारका रूपमा लिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ निर्माणाधीन १५ शैयाको नगर अस्पताललाई सञ्चालनमा ल्याई विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा विस्तार गर्ने, प्रत्येक परिवारको डिजिटल स्वास्थ्य प्रोफाइल तयार गर्ने तथा घरदैलो स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ। सिकलसेल, थालासेमिया, क्षयरोग नियन्त्रण, स्वास्थ्य बीमा तथा मानसिक स्वास्थ्य प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको छ।

कृषि क्षेत्रलाई नगरको आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्न मकै, चैते धान र तेलहन बालीका पकेट क्षेत्र विस्तार, कृषि यान्त्रीकरण, किसान कार्ड वितरण, चिस्यान केन्द्र सञ्चालन, कृषि बजार तथा संकलन केन्द्र निर्माणका कार्यक्रम समावेश गरिएका छन्। “एक वडा, एक अर्गानिक कृषि कार्यक्रम” मार्फत पर्यावरणीय कृषि प्रवर्द्धन गरिने जनाइएको छ।

शिक्षा क्षेत्रमा स्मार्ट विद्यालय अवधारणा, सूचना प्रविधिमैत्री शिक्षण, छात्रवृत्ति, प्राविधिक शिक्षा विस्तार तथा शहीद विष्णुधनी बहुप्राविधिक शिक्षालयको सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। थारु भाषा पाठ्यक्रमलाई निरन्तरता दिँदै विद्यालयमा मानसिक स्वास्थ्य, पोषण, पठन संस्कृति र खेलकुद प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

पूर्वाधार विकासअन्तर्गत नगर गौरवका सडक कालोपत्रे, वडा कार्यालय भवन निर्माण सम्पन्न, भित्री रिङरोड तथा बृहत्तर बारबर्दिया चक्रपथको सम्भाव्यता अध्ययन गरिने भएको छ। सबै वडालाई क्रमशः कालोपत्रे सडक सञ्जालसँग जोड्ने लक्ष्य पनि नगरपालिकाले लिएको छ।

पर्यटन क्षेत्रको विकासका लागि बारबर्दिया–बबई भ्याली पर्यटकीय पदमार्ग, जंगल सफारी, होमस्टे प्रवर्द्धन तथा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै वन संरक्षण, जैविक विविधता संवर्द्धन, जलाधार संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा विपद् पूर्वतयारी र व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। नगरभित्र डिजिटल सेवा विस्तार गर्दै निःशुल्क वाइफाइ, डिजिटल नागरिक वडापत्र, मोबाइल एप तथा नगरपालिकाको युट्युब च्यानल सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ।

सुशासन प्रवर्द्धनका लागि ई–भुक्तानी प्रणाली, डिजिटल अभिलेखीकरण, सार्वजनिक सुनुवाइ, गुनासो व्यवस्थापन प्रणाली तथा कार्यसम्पादन सम्झौतामार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने नगरपालिकाले जनाएको छ।

प्रस्तुत नीति तथा कार्यक्रमले सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना, नागरिक सशक्तीकरण तथा दिगो आर्थिक विकासमार्फत समृद्ध बारबर्दिया निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार