मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास
विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास

SizTex 42+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

बर्दिया,— विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कैलाली जिल्लाका विभिन्न समुदायमा बाढी कृत्रिम घटना अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा समुदायको तयारी र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो।

बारबर्दिया नगरपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष कैलाशपति थारुले यस्ता सीपमूलक तथा क्षमता विकासका कार्यक्रमले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले समुदायलाई विपद्को समयमा प्रभावकारी रूपमा परिचालन गर्न यस्ता अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बानियाभारका प्रमुख विवेक भट्टराईले सहयोगी संस्थाहरूले तालिममार्फत समुदायका सदस्यहरूलाई दक्ष बनाएको बताउँदै विपद्को समयमा यही जनशक्तिले उद्धार, राहत तथा व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

जलवायु उत्थानशील कार्यक्रमका कार्यक्रम अधिकृत अशोक चौधरीले विपद्का बेला परिचालन हुने जनशक्तिको क्षमता अभिवृद्धि तथा समन्वयात्मक कार्यशैली विकास गर्ने उद्देश्यले बाढी कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता अभ्यासले सम्भावित विपद्का समयमा समुदायलाई थप सजग, सक्षम र व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पुष्कर विक, विपद् फोकल पर्सन राजकुमार थारुलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विश्व वातावरण दिवसको अवसरमा बारबर्दियाका १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिका साथै बर्दिया र कैलाली जिल्लाका विभिन्न सामुदायिक विपद् व्यवस्थापन समितिहरूले एकै दिन बाढी कृत्रिम घटना अभ्यास सम्पन्न गरेका छन्। सहभागीहरूले यस्ता अभ्यासले विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत व्यवस्थापन र समुदायस्तरीय समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार