मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास
विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास

SizTex 42+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

बर्दिया,— विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कैलाली जिल्लाका विभिन्न समुदायमा बाढी कृत्रिम घटना अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा समुदायको तयारी र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो।

बारबर्दिया नगरपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष कैलाशपति थारुले यस्ता सीपमूलक तथा क्षमता विकासका कार्यक्रमले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले समुदायलाई विपद्को समयमा प्रभावकारी रूपमा परिचालन गर्न यस्ता अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बानियाभारका प्रमुख विवेक भट्टराईले सहयोगी संस्थाहरूले तालिममार्फत समुदायका सदस्यहरूलाई दक्ष बनाएको बताउँदै विपद्को समयमा यही जनशक्तिले उद्धार, राहत तथा व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

जलवायु उत्थानशील कार्यक्रमका कार्यक्रम अधिकृत अशोक चौधरीले विपद्का बेला परिचालन हुने जनशक्तिको क्षमता अभिवृद्धि तथा समन्वयात्मक कार्यशैली विकास गर्ने उद्देश्यले बाढी कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता अभ्यासले सम्भावित विपद्का समयमा समुदायलाई थप सजग, सक्षम र व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पुष्कर विक, विपद् फोकल पर्सन राजकुमार थारुलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विश्व वातावरण दिवसको अवसरमा बारबर्दियाका १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिका साथै बर्दिया र कैलाली जिल्लाका विभिन्न सामुदायिक विपद् व्यवस्थापन समितिहरूले एकै दिन बाढी कृत्रिम घटना अभ्यास सम्पन्न गरेका छन्। सहभागीहरूले यस्ता अभ्यासले विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत व्यवस्थापन र समुदायस्तरीय समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार