मुख्य समाचार
बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न | सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : मधुवनमा पालिका स्तरीय अभिमुखीकरण | समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीबारे अभिमुखीकरण | गुलरिया नगरप्रमुख यादवद्वारा नगरबासीसँग क्षमायाचना | बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १५ लाखको बजेट ल्यायो | उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा प्रमुख प्रशासकीय अधिकृत भण्डारी सम्मानित |

बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु
बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु

Rato Pen 322+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

बारबर्दिया,  महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण अभियान–२०८२/८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय, बर्दिया र बारबर्दिया नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बारबर्दिया नगरपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयलाई जंकफुडमुक्त (अस्वस्थकर खाना निषेधित) विद्यालय घोषणा गर्ने तयारी गरिएको जानकारी दिइएको छ। कार्यक्रमपछि भोलिदेखि नै अनुगमन समिति परिचालन गरिने र मापदण्ड पूरा गरेका विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्न सिफारिस गरिने जनाइएको छ।

नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख छविलाल थारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,  विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका पोषण सम्पर्क व्यक्ति मानबहादुर नेपालीले सहजीकरण गर्दै कुपोषण न्यूनीकरणका लागि सन्तुलित आहारको प्रवर्द्धन, स्थानीय पोषिलो खाद्य पदार्थको प्रयोग, अस्वस्थकर खानाको नियमन, बाल हेरचाह, सरसफाइ तथा पोषण शिक्षा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रत्येक महिनामा कम्तीमा एक पटक स्वास्थ्यकर्मीमार्फत विद्यालयमा पोषण शिक्षा सञ्चालन गरिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो।

कार्यक्रमबारे जानकारी दिँदै बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले स्थानीय तहमा विद्यालयको खाद्य वातावरण सुधार गर्दै बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो।

अभियान अन्तर्गत विद्यालयमा अस्वस्थकर खाना निषेधित क्षेत्र घोषणा गरी होर्डिङ बोर्ड वा भित्ते लेखन राख्ने, चमेनागृहमा जंकफुड बिक्री–वितरण रोक्ने, दिवा खाजामा अस्वस्थकर खाना प्रयोग नगर्ने, विद्यार्थीले घरबाट ल्याउने खाजामा पनि जंकफुड नल्याउने व्यवस्था गर्ने, प्रत्येक महिनामा पोषण स्वास्थ्य शिक्षा सञ्चालन गर्ने तथा विद्यालयको १०० मिटरभित्र मादक पदार्थ र सुर्तिजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणका लागि पहल गरिने मापदण्ड तय गरिएको छ।

बारबर्दिया नगरपालिकाले विद्यालयस्तरबाटै स्वस्थ खानपानको संस्कार विकास गरी कुपोषण न्यूनीकरण, बालबालिकाको स्वास्थ्य सुधार तथा पोषणमैत्री शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार