मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

अनेमसंघ लेटाङद्वारा चिसाङ खोला छेउमा सरसफाई

Rato Pen 1+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

लेटाङ । अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगर कमिटीले आज सरसफाई कार्यक्रम गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित चिसाङ खोला नजिकैको मदन भण्डारी राजमार्ग आसपासको क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।

संगठनको सर्कुलर अनुशार फोहरमैला व्यवस्थापन तथा सरसफाई अभियान अन्तरगत लेटाङमा पनि सरसफाई कार्यक्रम गरिएको नगर कमिटी सचिव तारा निरौलाले जानकारी दिनुभयो । खासगरि चिसाङ खोलास्थित शवदाहस्थल आसपासको क्षेत्रमा फोहरमैला बढ्दै गइरहेको अवस्थामा संगठनको सर्कुलर अनुसार सरसफाई कार्यक्रम गरिएको अनेमसंघ लेटाङ नगर कमिटी अध्यक्ष मनकुमारी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेमसंघ कोशी प्रदेश सदस्य तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला र वडा नं. ३ का वडाध्यक्ष डम्बर राईको समेत सहभागिता रहेको थियो ।

उपप्रमुख निरौलाले फोहरलाई नदी वा खोलामा बगाउने तथा जलाउने नगरी त्यसको उचित व्यवस्थापन गर्नुपर्ने चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँ शहर र वरपरका क्षेत्रलाई सँधै सफा राख्नुपर्छ भन्ने सन्देहसहित कार्यक्रम गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले, अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ लेटाङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार