मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

गुलरियामा बाल विवाह न्युनिकरण रणनीति तथा दिगोपनासम्बन्धी कार्यशाला सम्पन्न
गुलरियामा बाल विवाह न्युनिकरण रणनीति तथा दिगोपनासम्बन्धी कार्यशाला सम्पन्न

Rato Pen 357+ समाचार ( )
२९ श्रावण २०८२, बिहीबार

बर्दिया – बाल विवाह न्युनिकरण परियोजना अन्तरगत ‘बाल विवाह न्युनिकरण रणनीति तथा दिगोपनासम्बन्धी कार्यशाला गोष्ठी’ गुलरियामा सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) बाँकेको आयोजनामा आयोजित कार्यशालामा बर्दियाका चारवटा पालिकाका नगरस्तरीय बाल अधिकार समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

कार्यशालामा बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाका प्रतिनिधिहरूले बाल विवाह न्युनिकरणका लागि विगतमा सञ्चालन गरिएका अभियान तथा क्रियाकलापबारे अनुभव आदान–प्रदान गरेका थिए। साथै, बाल विवाह मुक्त घोषणा भइसकेका वडामा दिगोपनासम्बन्धी कार्यक्रम र आगामी दिनमा गर्ने कार्ययोजनाबारे विस्तृत छलफल गरी कार्ययोजना निर्माण गरिएको थियो।

बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराई, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख, वडा अध्यक्षहरू र बाल अधिकार समितिका सदस्यसहित करिब २० जनाको सहभागिता रहेको थियो। कार्यशालाको सहजीकरण अधिवक्ता तथा सामाजिक अभियन्ता शिवलाल पाण्डेले गरेका थिए।

कार्यशालामा घोषणा पश्चात पनि बाल विवाहका घटना नदोहोरिन नियमित अनुगमन टोली गठन गर्ने, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह र बाल क्लबमार्फत घटना रिपोर्ट प्रणाली विकास गर्ने, विद्यालयमा सचेतनामूलक गोष्ठी सञ्चालन गर्ने, पोस्टर–पम्पलेट, नाटक, गीत, र्याली तथा रेडियो प्रसारणमार्फत सन्देश प्रवाह गर्ने योजना तय गरिएको छ।

त्यसैगरी, जोखिममा रहेका तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, सीपमूलक तालिम र शिक्षा पहुँच सुनिश्चित गर्ने, बाल विवाह गराउने वा गर्नेमा कानूनी कारबाही गर्ने, प्रहरी तथा महिला–बालबालिका शाखास‍‌ंग सहकार्य गर्ने र वडाको वार्षिक योजना तथा स्थानीय बजेटमा बाल विवाह रोकथाम कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार