मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा पालिकालाई हस्तान्तरण
सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा पालिकालाई हस्तान्तरण

Rato Pen 357+ समाचार ( )
९ जेठ २०८१, बुधवार

बारबर्दिया

सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा माथि आज बारबर्दियामा छलफल कार्यक्रम सम्पन्न गरी हस्तान्तरण गरिएको  छ । 

सामाजिक व्यवहार परिवर्तनको लागि संचार रणनीति निर्माण गरी समाजमा विद्यमान हानिकारक प्रचलनहरु बाल विवाह, बहुविवाह , जबरजस्ती विवाह, सामाजिक भेदभाव, छुवाछुत, महिनावारीका प्रचलनहरु, विभेदपूर्ण लिंग छनोट, जातीय विभेद र अन्य परम्परागत कुरीतिहरुलाई संवोधनको पहल अगाडी वढाउन सहज हुने भएकोले आत्मसात गर्दै बारबर्दिया नगरपालिका उपप्रमुख रत्नकुमारी पाण्डेले आउदो कार्यपालिकाको बैठकमा यो मस्यौदा पेस गरी लागु गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भउको छ । 

बारबर्दिया नगरपालिकाद्वारा, सामाजिक हानिकारक मान्यतामा कमि ल्याउन बालविवाह, महिला हिंसा , लैंगिक हिंसा र परम्परागत हानिकारक अभ्यासका घटनाहरु हटाउन यो रणनीतिले निर्देशन गर्ने बारबर्दिया नगर प्रमुख छविलाल थारुले बताउनु भयो ।

समुदायमा रहेको हानिकारण अभ्यासलाइ परिवर्तन गर्न तत्काल नसकिए पनि क्रमिक रुपले परिवर्तन गर्न सकिने कुरामा जोड दिदै कार्यक्रमका प्रशिक्षक प्रकाश उपाध्ययले सामाजिक हानिकारकका घटनाहरु कम गर्न यो नितिले सघाउ पुर्याउने कुरा बताउनु भयो ।

कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) का  प्राबिधिक संयोजक रामरुप कौशलले सामाजिक व्यावहार परिवर्तन संचार सम्बन्धि स्थानीय रणनीति २०८१ को मस्यौदा नगरप्रमुख र उपप्रमुख को हातमा हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिका का ११ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि, बारबर्दिया नगरपालिकाका प्रत्येक शाखाका प्रमुख , नागरिक समाज संजाल, सामाजिक विकास समिति संयोजक लगाएको उपस्थिति रहेका बिग्रुप बर्दियाका फिल्ड सुपरभाइजर विनिता परियारले जानकारी दिनु भयो ।प्लान नेपालको साझेदारीमा संचालित बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत संचालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार