मुख्य समाचार
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न | बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने | ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित | ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न | बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख | किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण | बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी | मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा | नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने | बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी |

सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा पालिकालाई हस्तान्तरण
सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा पालिकालाई हस्तान्तरण

Rato Pen 92+ समाचार ( )
९ जेठ २०८१, बुधवार

बारबर्दिया

सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धी स्थानीय रणनीति–२०८१ को मस्यौदा माथि आज बारबर्दियामा छलफल कार्यक्रम सम्पन्न गरी हस्तान्तरण गरिएको  छ । 

सामाजिक व्यवहार परिवर्तनको लागि संचार रणनीति निर्माण गरी समाजमा विद्यमान हानिकारक प्रचलनहरु बाल विवाह, बहुविवाह , जबरजस्ती विवाह, सामाजिक भेदभाव, छुवाछुत, महिनावारीका प्रचलनहरु, विभेदपूर्ण लिंग छनोट, जातीय विभेद र अन्य परम्परागत कुरीतिहरुलाई संवोधनको पहल अगाडी वढाउन सहज हुने भएकोले आत्मसात गर्दै बारबर्दिया नगरपालिका उपप्रमुख रत्नकुमारी पाण्डेले आउदो कार्यपालिकाको बैठकमा यो मस्यौदा पेस गरी लागु गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भउको छ । 

बारबर्दिया नगरपालिकाद्वारा, सामाजिक हानिकारक मान्यतामा कमि ल्याउन बालविवाह, महिला हिंसा , लैंगिक हिंसा र परम्परागत हानिकारक अभ्यासका घटनाहरु हटाउन यो रणनीतिले निर्देशन गर्ने बारबर्दिया नगर प्रमुख छविलाल थारुले बताउनु भयो ।

समुदायमा रहेको हानिकारण अभ्यासलाइ परिवर्तन गर्न तत्काल नसकिए पनि क्रमिक रुपले परिवर्तन गर्न सकिने कुरामा जोड दिदै कार्यक्रमका प्रशिक्षक प्रकाश उपाध्ययले सामाजिक हानिकारकका घटनाहरु कम गर्न यो नितिले सघाउ पुर्याउने कुरा बताउनु भयो ।

कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) का  प्राबिधिक संयोजक रामरुप कौशलले सामाजिक व्यावहार परिवर्तन संचार सम्बन्धि स्थानीय रणनीति २०८१ को मस्यौदा नगरप्रमुख र उपप्रमुख को हातमा हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिका का ११ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि, बारबर्दिया नगरपालिकाका प्रत्येक शाखाका प्रमुख , नागरिक समाज संजाल, सामाजिक विकास समिति संयोजक लगाएको उपस्थिति रहेका बिग्रुप बर्दियाका फिल्ड सुपरभाइजर विनिता परियारले जानकारी दिनु भयो ।प्लान नेपालको साझेदारीमा संचालित बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत संचालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार