मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

बारबर्दियाका शिक्षकहरुलाई आई.सि.टी. तालिम प्रदान गरीदै
बारबर्दियाका शिक्षकहरुलाई आई.सि.टी. तालिम प्रदान गरीदै

Rato Pen 332+ समाचार ( )
१० असार २०८१, आइतबार

बारबर्दिया असार ९ गते 

बर्दियाको बारबर्दिया नगरपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ५ दिने आई.सि.टी तालिम प्रदान गर्न थालिएको छ । बारबर्दिया नगरपालिका र बर्दिया, रोटरी क्लव अफ काठमाडौ र रोटरी क्लब अफ सेन्ट्रल बाँकेको संयुक्त आयोजनामा आई.सि.टी.को पहिलो चरणको तालिम  सुक्रबार देखि शुरु भएको हो । 

बारबर्दिया नगरपालिकाका २१ सामुदायिक विद्यालयका २१ जना शिक्षकहरूलाई Rorary Nepal Literacy Mission कार्यक्रम अन्तर्गत  तालिम शुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले शिक्षकहरुलाई आई.सि.टी. तालिमको अतिआवश्यक रहेको बताउनु भएको छ । बारबर्दियाका मावि तथा आधारभूत तहका विद्यालयमा कम्प्यूटर ल्याब रहेकोले आई.सि.टी. सम्बन्धी दक्ष शिक्षकहरुको आवश्यकता रहेको बताउनु भएको छ । कतिपय विद्यायलमा आई.सि.टी. सम्बन्धी शिक्षक नभएको कारणले कम्प्यूटरहरु त्यसै बिग्रने अवस्थामा पुगिरहेको अवस्थामा कम्प्यूटर ल्याब संचालन गर्नमा यस तालिमले ठूलो सहयोग पुग्ने अपेक्षा लिनु भएको छ । साथै शिक्षकहरुलाई पनि लगनशिल भएर तालिममा सहभागी हुन अग्रह गर्नु भएको छ । 

उक्त अवसरमा रोटरी क्लब अफ सेन्ट्रल वाके का अध्यक्ष रो. किशोर भन्डारीले यस कार्यक्रम अन्तरगत आवश्यकता महसुश भएका क्षेत्रमा काम गरिरहेको बताउनु भएको छ । बारबर्दियामा शिक्षकहरुलाई आई.सि.टीे. तालिम दिएर विद्यालयमा रहेको कम्प्यूटर ल्याबहरुमात्र राम्रोसंग संचालन गर्न सके आफ्नो उपलब्धी थान्ने बताउनु भएको छ । साथै यो पहिलो चरणको तालिम रहेको र यस पछि पनि तालिम संचलन गर्ने कार्यक्रम रहेको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाका  शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  टिकानाथ गोसाईले शिक्षण सिकाईमा आई.सि.टी.ले ठूलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ । आई.सि.टी सम्बन्धी सामान्य जानकारीले विद्यायलको कम्प्यूटरहरु संचालन गर्न र कम्प्यूटर सम्बन्धी कामहरुलाई छिटोछरितो बनाउनमा मदत पुग्ने बताउनु भएकाृे छ । साथै तालिम संतनलन गर्नको सहयोग गर्ने निकायलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । बारबर्दियनको जयनगरमा भईरहेको तालिम ५ दिन सम्म संचालन हुने जनता मावि रम्मापुरका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा समाजसेवी तिर्थ पौडेलले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार