मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बेपत्ता पारिएका ब्यक्तिहरुको स्मृतिमा दिपप्रज्वलन
बेपत्ता पारिएका ब्यक्तिहरुको स्मृतिमा दिपप्रज्वलन

Rato Pen 357+ समाचार ( )
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाहरूको सम्झनामा राजापुर क्षेत्रका बेपत्ता परिवारका सदस्यहरुले सनिबार दिपप्रज्वलन तथा अन्तरक्रिया
५ कार्तिक २०८१, सोमबार

राजापुर,

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाहरूको सम्झनामा राजापुर क्षेत्रका बेपत्ता परिवारका सदस्यहरुले सनिबार दिपप्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । मानपुर माध्यमिक विद्यालयमा क्याम्प खडा गरेर बसेको तत्कालीन सुरक्षा फौजले पक्राउ गरी बेपत्ता पारिएको दिनको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।

क्याम्प खडा गरी बसेको सुरक्षा फौजले २०५९ साल कार्तिक ३ र ४ गते राजापुरका विभिन्न स्थानमा बस्ने १४ जनालाई राती सुतिरहेको अवस्थामा पक्राउ गरी बेपत्ता पारिएको थियो । कार्यक्रममा बेपत्ताका सदस्यहरुले दिपप्रज्वलन, फोटोमा माल्यार्पण र मौन धारण गर्नु भएको छ ।  

२१ बर्ष अगाडी उहाँहरुलाई घरमा सुतिरहेको अवस्थामा बिभिन्न बहानामा बाहिर बोलाएर बेपत्ता पारीएको थियो ।  अहिले सम्म पनि १४ जना व्यक्तिहरू कहाँ कुन अवस्था छन् हाल सम्म पत्ता लाग्न सकेको छैन । सरकारले उहाँहरूको नाम बेपत्ताको सुचिमा राखेको छ ।

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसोधन भएर नयाँ आयोग गठनको प्रक्रिया सुरु भएको बताउँदै अब कानुन अनुसार दुई महिना भित्र आयोग गठन हुनुपर्ने बताउनु भएको छ । ऐन अनुसार काम भएमा आयोगले पीडितको पक्षमा काम हुने उहाँले द्वन्द्वपीडितहरुलाई जानकारी गराउनु भएको छ । 

राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले सरकारले छानविन गरेर बेपत्ताहरूको सार्वजनिक तत्काल गर्नुपर्ने बताउनु भयो । नगरपालिका भित्र रहेका द्वन्द्वकालमा बेपत्ता र मृत्यु भएका परिवारलाई जिविकोपार्जनका लागि आयआर्जनको कार्यक्रम सञ्चालन, बेपत्ताका श्रीमतीहरुलाई मासिक दुई हजार रुपैँया सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको बताउनु भयो । द्वन्द्वपीडित परिवारको न्यायको लागि संघीय सरकारसँग लडिरहने उहाँले बताउनु भयो ।

कार्यक्रमको आयोजना द्वन्द्वपीडित समिति राजापुरले राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर माध्यमिक विद्यालय टपरामै आयोजना गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार