मुख्य समाचार
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न |

जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु
जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु

Rato Pen 347+ समाचार ( )
१८ असार २०८३, बिहीबार

बारबर्दिया— ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) द्वारा सञ्चालित बालिका शिक्षा, स्वास्थ्य तथा संरक्षणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षा तथा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख रत्नकुमारी पाण्डे प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्षहरू, सामाजिक विकास समितिका संयोजक, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा, महिला तथा बालबालिका शाखा, प्रशासन शाखाका प्रमुख तथा प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा नगरप्रमुख थारुले रेष्टले सञ्चालन गरेको बालिका छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र भेदभावरहित रहेको बताउनुभयो। उहाँले वास्तविक आवश्यकता भएका बालिकाले नै कार्यक्रमबाट सेवा र सहयोग प्राप्त गरेको उल्लेख गर्दै विद्यालय छोड्ने (पढाइबाट बाहिरिने) बालबालिकाको अभिलेख व्यवस्थित रूपमा राख्ने प्रणाली विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नगरउपप्रमुख रत्नकुमारी पाण्डेले कक्षा १२ उत्तीर्ण गरेका किशोरीहरूलाई आयआर्जनमूलक सीप तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सकिने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

छलफलका क्रममा सहभागीहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन किशोरहरूलाई समेत समेट्नुपर्ने, साथै केही विद्यालयलाई बालमैत्री विद्यालयका रूपमा विकास गर्न आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा रेष्टका प्रदेश संयोजक आयुष ढकालले संस्थाको उद्देश्य तथा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी रेष्टकी कर्मचारी माघी चौधरीले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख उपलब्धि, कार्यक्रमको प्रगति तथा आगामी आर्थिक वर्षका योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण रेष्टका कार्यक्रम व्यवस्थापक गणेशप्रसाद भट्टराईले गर्नुभएको थियो।

रेष्टले बारबर्दिया नगरपालिकाका विभिन्न वडामा बालविवाह, मानव बेचबिखन, बालश्रम, लैङ्गिक हिंसा तथा असुरक्षित आप्रवासनको जोखिममा रहेका बालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा सहयोग गर्दै आएको छ। बैठकमा आगामी दिनमा स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै कार्यक्रमलाई दीगो र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार