मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राख्न सरोकारवालाहरुको सुझाब
कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राख्न सरोकारवालाहरुको सुझाब

Rato Pen 354+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकाले आर्थिक बर्ष २०८१/२०८२का लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियाको बिषयमा सरोकारवाला निकायहरुसंग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाबेशी र लैगिंक उत्तरदायी बजेट निर्माणका लागि आम बारबर्दियाबासीलाई सम्बोधन गर्न सक्ने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । 

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले सरोकारवाला निकायले दिएको जस्तो सुकै सल्लाह सुझाबलाई ग्रहण गर्न सक्ने बताउनु भएको छ । सहभागीले दिएको सुझाबलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रममा समाबेश गरी बजेट बनाउने प्रतिबद्धता जनाउनु भएको छ । सरोकारवालाहरुले दिएको सुझावले बारबर्दिया नगरपालिकालाई सम्बृद्ध बनाउनमा दिशानिर्देश गर्ने बिश्वाश दिलाएको बताउनु भएको छ । कुनै सल्लाह सुझाव दुई बर्ष अगाडी नै आउनु पर्ने थियो, त्यो सल्लाह सुझाव अनुसार काम गरेको भए त्यो बिषयमा धेरै नै फड्को मार्न सक्ने बताउनु भएको छ । यसरी नै आएको सल्लाह सुझाबले जनप्रतिनिधिहरुलाई हौसल्ला प्रदान गर्ने बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बिगतको सरकारले गरेको कामलाई निरन्तरता दिएको बताउनु भएको छ । आफुले देखि जतिको काम गरिरहेको र सल्लाह सुझाबलाई आत्मसाथ गरेर सबै क्षेत्र र बर्गलाई समेटेर कार्यक्रम गर्ने गरेको दाबी गर्नु भएको छ । 

कार्यक्रममा करिब ३० जनाले आफ्नो धारणा तथा सल्लाह सुझाव तथा प्रश्न राख्नु भएको थियो । सुझाब दिने क्रममा सहभागीहरुले भौतिक संरचना निर्माणसगै सामाजिक बिकासको अति आवश्यक रहेको बताउनु भएको थियो । कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउनु पर्ने सुझाब दिनु भएको छ । संघ र प्रदेश सरकारले नै प्राथमिकतामा पारेका कार्यक्रमलाई मिल्ने गरी पालिकाले नीति तथा कार्यक्रम बनाउनु पर्ने माग गर्नु भएको छ । कार्यक्रममा राजनीतिक दल, युवा, महिला, बालबालिका, जेष्ठ नागरिक, लैंगिक अल्पसंख्यक गरी सबै बर्ग क्षेत्र र समुदायको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार