मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

लिबियामा आँधी र बाढीमा परि ५ हजार बढीको मृत्यु, १० हजार भन्दा धेरै बेपत्ता

Rato Pen 1+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

मोरङ। लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार भन्दा धेरै बेपत्ता भएको खबर छ ।

आँधीका कारण आएको भयानक बाढीले उक्त विध्वंस मच्चाएको हो । तुफानका कारण आएको बाढीले बाँध समेत भत्काएको थियो । बाँध भत्किएसँगै सहर तथा गाउँमा समेत बाढी पसेर तहस नहस बनाएको छ ।

बाढीले देरनाको तल्लो तटीय इलाका पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँका सबै भौतिक संरचनालाई बाढीले बगाएको छ । चारैतर्फ हिलो तथा फोहोर फैलिएको छ । सहरमा रहेको एउटा नदी समेत बाढीको हिलोमा पुरिएर हराएको बताइएको छ ।

सुरुमा बाढीका कारण नदीको जलस्तर बढेको थियो । पछि किनारामा रहेका भवनहरु नदीमा खसे । बाढीमा आएको हिलो, ढुंगा तथा माटोसँगै अन्य विभिन्न खाले फोहोरका साथै भत्किएका भवनहरुले नदीको बहाव रोकिदिए । नदीको चारैतर्फ हिलोले पुरिएसँगै नदी नै बेपत्ता हुन पुग्यो ।

पूर्वी लिबियाका मन्त्री मोहम्मद अबुलमौसाले ड्यानियल आँधीका कारण ५ हजार ३ सय भन्दा धेरै मानिसको ज्यान गएको हुनसक्ने बताएका छन् ।

लिबियाको सरकारी मौसम विभागले ड्यानियल तुफानको चेतावनी ७२ घण्टा अगाडि नै दिइएको जनाएको छ । स्थानीय मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको भएपनि सहरबासीले नटेर्दा ठूलो धनजनको क्षति भएको दाबी सरकारको छ ।

आइतबार देखि सोमबारको बीचमा त्यहाँ ४१४.१० मिलिमिटर पानी परेको थियो । राजनीतिक तथा प्रशासनिक रुपमा कमजोर अवस्थामा रहेको लिबियामा भूमध्यसागरमा आएको ड्यानियल तुफान इतिहासकै भयानक भएको बताइएको छ ।

समुद्रको पानीले बाढीको रुप लिएर सहरमा छिरेको थियो । जसका कारण बाँध र पुलहरु भत्किएका थिए । डेनियल तुफानलाई मेडिकेन पनि भनिन्छ । लिबियाको राजनीतिक अवस्था यस्तो छ कि त्यहाँ विद्रोही सरकारले शासन गरिरहेको छ ।

एकातर्फ पूर्वी तटीय क्षेत्रतिर र अर्कोतर्फ पश्चिमी क्षेत्रमा । त्यसैले पनि लिबियाको भौतिक पूर्वाधारमा कसैले पनि ध्यान दिन सकेको छैन । तुफानले तहसनहस भएको देरना क्षेत्रमा बल्ल बाह्य सहयोग पुग्न थालेको बताइएको छ ।

देरना समुद्री तटीय सहर हो जहाँको जनसंख्या करीब ८९ हजार छ । तर आँधीको कारणले आएको सामुद्रिक बाढी तथा वर्षाका कारण एक्कासी आएको बाढी (फ्लास फ्लड) ले गर्दा त्यहाँका भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

सयौँ मानिसहरुको मृत्युपछि विभिन्न ठाउँहरुमा सामूहिक चिहान बनाउन थालिएको छ । त्यहाँ ज्यान गुमाउने तथा बेपत्ता हुनेहरुको संख्या अझै बढ्नसक्ने रेडक्रसले जनाएको छ । हालसम्म कम्तिमा १० हजार मानिस बेपत्ता भएको राष्ट्रसंघको भनाइ छ ।

लिबियामा त्यस्तो तिब्र तुफान हालसम्म कहिल्यैपनि नआएको र यसका लागि जलवायु परिवर्तन कारक रहेको बताइएको छ । -एजेन्सीबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार