मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

बारबर्दिया: बर्दियाको पहिलो पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा
बारबर्दिया: बर्दियाको पहिलो पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

Rato Pen 327+ समाचार ( )
४ जेठ २०८२, आइतबार

बर्दिया ।
बारबर्दिया नगरपालिकालाई बर्दियाको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाका रूपमा घोषणा गरिएको छ। हरेक वर्ष मनाइने पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम अन्तर्गत आज एक विशेष समारोहबीच यो घोषणा गरिएको हो।

बारबर्दियालाई पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको थियो। त्यसयता, प्रत्येक वर्षको सुनिश्चितता मूल्याङ्कन गरी पुनः घोषणा गरिँदै आएको छ। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १५ महिनाभित्र बालबालिकाले लगाउनु पर्ने सबै खोप लगाइसकेको, र एक जना पनि बालबालिका खोपबाट वञ्चित नरहेको अवस्थामा मात्र पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकिन्छ।

कार्यक्रमका अवसरमा ६० वर्ष उमेर पार गरिसकेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु १,००,००० सहित दोसल्ला ओढाई सम्मान गर्दै बिदाइ गरिएको छ। साथै, वडा नं. १ देखि ११ सम्मका खोप कार्यक्रममा योगदान दिने खोपकर्ता तथा महिला स्वास्थ्य स्वयंसेविका, पूर्ण खोप सुनिश्चितता गर्न सफल वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका सदस्यहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

बारबर्दिया नगर अस्पताल विकास समितिका अध्यक्ष तिर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख अनिता यादवले बारबर्दियाको उपलब्धिप्रति बधाई ज्ञापन गर्दै खोप कार्यक्रमको सुदृढ कार्यान्वयनमा जोड दिनु भएको थियो। स्वास्थ्य कार्यालय बर्दियाको तर्फबाट बारबर्दिया खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो।

नगरप्रमुख छबिलाल थारुले स्वास्थ्यकर्मीहरूको निरन्तर लगनशीलता र मेहनतकै कारण यस्तो सफलता सम्भव भएको उल्लेख गर्दै, अबकास हुने महिला स्वास्थ्य स्वयंसेविकालाई कार्यविधिअनुसार नगदसहित सम्मान गर्न सकिएको जानकारी दिनुभयो।

नगर उपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरीलगायतले कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेविकाको योगदानको प्रशंसा गर्नुभयो।

घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार