मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

बारबर्दिया नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव १३२५ र १८२० कार्यान्वयन प्रक्रियामा
बारबर्दिया नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव १३२५ र १८२० कार्यान्वयन प्रक्रियामा

Rato Pen 332+ समाचार ( )
५ जेठ २०८२, सोमबार

बारबर्दिया,  – बारबर्दिया नगरपालिकाले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन प्रक्रियामा अघि बढेको छ। यस सन्दर्भमा महिला तथा बालबालिका शाखा, जयनगरको आयोजनामा दोस्रो राष्ट्रिय कार्ययोजनासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी मानबहादुर चौधरीले गर्नु भएकाे थियाे । कार्यक्रममा प्रस्ताव १३२५ र १८२० को महत्व र स्थानीय तहमा त्यसको कार्यान्वयन प्रक्रियाबारे जानकारी दिइएको थियो।

नगरप्रमुख छबिलाल थारुले प्रस्तावको कार्यान्वयन शान्ति प्रक्रिया टुंग्याउन र दीगो शान्ति स्थापनामा महत्वपूर्ण हुने बताउँदै भने, “हेर्दा द्वन्द्वपीडितहरूको लागि मात्र जस्तो लाग्छ, तर यो सबैका लागि उपयोगी छ। यसले सबैलाई सेवा र फाइदा दिनेछ।” उहाँले कार्यान्वयनका लागि सबै सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममार्फत बारबर्दिया नगरपालिका संक्रमणकालीन अवस्थामा भएका लैङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरूको तथ्याङ्क संकलनको तयारीमा समेत जुटेको जानकारी दिइएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पारित गरेका प्रस्तावहरूमा महिलाहरूको सहभागिता, सुरक्षा, तथा द्वन्द्वपछिको पुनर्निर्माणमा उहाँरूको भूमिका सुनिश्चित गर्न जोड दिइएको छ।
प्रस्ताव १३२५ (सन् २०००) मा सहभागीता, सुरक्षा, पूर्वतयारी र पुनर्संरचनाका चार मुख्य स्तम्भ समेटिएको छ भने,
प्रस्ताव १८२० (सन् २००८) मा द्वन्द्वमा महिलामाथि हुने यौनिक हिंसालाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा स्वीकार गरी रोकथाम तथा न्यायको पक्षमा जोड दिइएको छ।

बारबर्दिया नगरपालिकाको यो प्रयासले महिलाहरूको अधिकार, सुरक्षा र न्यायमा टेवा पुर्याउने विश्वास लिइएको छ। साथै, द्वन्द्वपछिको सामाजिक पुनःस्थापनाका लागि स्थानीय तहबाटै प्रभावकारी पहल थालिएको संकेत देखिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार