मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

बारबर्दिया–४ को पाञ्चजन्य मा.वि. तीन तारे विद्यालय घोषणा
बारबर्दिया–४ को पाञ्चजन्य मा.वि. तीन तारे विद्यालय घोषणा

Rato Pen 327+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

बारबर्दिया,

बारबर्दिया नगरपालिका–४ स्थित पाञ्चजन्य माध्यमिक विद्यालयलाई पालिकाको तेस्रो तीन तारे विद्यालयको रूपमा घोषणा गरिएको छ। बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका आवश्यक मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालयको रूपमा घोषणा गर्नुभएको हो।

नगरप्रमुख थारुले घोषणा कार्यक्रममा बोल्दै तीन तारे मान्यता निरन्तर कायम राख्न सरसफाइ, विद्यार्थीको अनुशासन तथा शैक्षिक गुणस्तर वृद्धिको आवश्यकतामा जोड दिनुभयो। उहाँले विद्यालयको भौतिक संरचना मात्र नभई शैक्षिक गतिविधि, सामुदायिक वातावरण र सरसफाइमा पनि नमुना बन्नुपर्ने बताउँदै, अभिभावकहरूको सचेतना र शिक्षकहरूको जिम्मेवारीपूर्ण भूमिकाले मात्र विद्यालयलाई उत्कृष्ट बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले सरसफाइलाई निरन्तरता दिन नसके तीन तारेको मान्यता कायम राख्न कठिन हुने बताउनुभयो। साथै, विद्यालय सरसफाइ जस्तै शैक्षिक स्तर पनि निरन्तर उकासिनुपर्ने उल्लेख गर्दै, पालिकाले मर्मतसम्भार कोष स्थापना गरिसकेको हुँदा कुनै संरचना बिग्रिएमा तत्काल मर्मत गरिनुपर्ने सुझाव दिनुभयो।

राजनीतिक दलका प्रतिनिधिहरूले पनि विद्यालयको तीन तारे घोषणासँगै शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनीहरूले बारबर्दिया नगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।

विद्यालयले खानेपानी, शौचालय, स्वच्छ वातावरण, व्यक्तिगत सरसफाइ, सरसफाइ सुविधा, सरसफाइ शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्थापन र दिगोपन, विपद् जोखिम व्यवस्थापन तथा अनुगमन तथा जवाफदेहिताका सम्पूर्ण चरण पूरा गरेपछि तीन तारे विद्यालय घोषणा गरिएको हो।

कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयमा सरसफाइको स्थायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने धारणा राखे।

बारबर्दिया नगरपालिका, युके एड, वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा वास गेन्स पिरयाेजना अन्तरगत विद्यालयलाई तीन तारे विद्यालयको रूपमा घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा सहयोगी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार