मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

त्रिभुवन मावि कक्षा १० का विद्यार्थीद्वारा अनाथ बालबालिकालाई सहयोग
त्रिभुवन मावि कक्षा १० का विद्यार्थीद्वारा अनाथ बालबालिकालाई सहयोग

Rato Pen 355+ समाचार ( )
२७ पौष २०८२, सोमबार

मधुवन नगरपालिका–१, सूर्यपटुवा स्थित त्रिभूवन माध्यमिक विद्यालयका कक्षा १० (सेक्शन ‘A’) का विद्यार्थीहरूले मानवता र सहानुभूतिको अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।

कक्षा १० (सेक्शन ‘A’) का ३३ जना विद्यार्थीहरूले आफ्नो दैनिक खाजाका लागि पाउने पकेट मनी बचत गरी जम्मा गरेको करिब पाँच हजार रुपैयाँ बराबरको सहयोग सामग्री मधुवन नगरपालिका–१, पथ्थरबोझीमा अवस्थित सरस्वती आधारभूत विद्यालयका ३५ जना अनाथ बालबालिकालाई हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कक्षा शिक्षक दीपेन्द्र यादवसहित विद्यालय परिवारको उपस्थिति रहेको थियो। सानै उमेरदेखि समाजप्रति उत्तरदायित्व बोध गर्दै गरिएको यस कार्यले विद्यालय मात्र नभई समग्र समुदायलाई नै प्रेरणा दिएको विद्यालय पक्षले जनाएको छ।

किताबी ज्ञानमा मात्र सीमित नरही व्यवहारमै मानवता, सहकार्य र करुणाको अभ्यास गरिरहेका विद्यार्थीहरूको यस कार्य अत्यन्तै प्रशंसनीय रहेको विद्यालय प्रशासनले बताएको छ।

 त्रिभुवन माध्यमिक विद्यालय परिवारले कक्षा १० (सेक्शन ‘A’) का सम्पूर्ण विद्यार्थीहरू तथा कक्षा शिक्षक दीपेन्द्र यादवप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Deependra Yadav २७ पौष २०८२, सोमबार

Good job dear students

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार