मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

बारबर्दियामा २१ औँ महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईयो ।
बारबर्दियामा २१ औँ महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईयो ।

Rato Pen 335+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकामा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस हजिरी प्रतितयोगीता तथा उत्कृष्ट सेवा प्रदान गर्ने स्वयमसेविकाहरुलाई नगद सहित सम्मान गरी मनाईएको छ । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बारबर्दिया नगरअस्पतालमा बारबर्दियाका ११ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागितामा कार्यक्रम भएको हो । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले महिला स्वास्थ्य स्वयमसेविकाहरुको कामको उच्च प्रशंसा गर्दै, सेवा सुविधाको बिषयमा आफुहरु चिन्तित रहेको बताउनु भएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सल्लाह बमोजिम कोष स्थापना गरेको र उहाँहरुको अवकास भएकोबेलामा केही आर्थिक सहयोग दिने ब्यबस्था गरेको जानकारी गराउनु भएको छ । पालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुको योजना र एकरुपताका साथ काम गर्न तयार रहेको बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले महिला स्वास्थ्य स्वयमसेविकनहरुको सहजता र सेवाको लागि पालिका सकारात्मक रहेको बताउनु भएको छ । महिला स्वास्थ्य स्वयमसेविका दिवसको कार्यक्रमलाई अर्थपुर्ण बनाउनका लागि हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम गरेको र उहाँहरुले आफ्नो उत्कृष्ट क्षमता प्रस्तुत गरेको बताउनु भएको छ । १ देखि ११ सम्मकै सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकाले राम्रो गरेर पनि प्रथम, दृतीय, तृतीय छुट्याउनु परेको बताउनु भएको छ । 

महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफ्नो मेहनतअनुसारको सरकारले सेवा सुविधा हुनु पर्ने बताउनु भएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुको मेहनअनुसार पालिकाले मुल्याँकन गरीदिन माग गर्नु भएको छ । 

प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्त्वनालाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आर्चाय, नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेल, स्वास्थ्य चौकी। आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखलगाएको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार