मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा
बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा

Rato Pen 103+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

बर्दिया, 

बर्दियाको गुलरिया १ मा रहेको नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालयका विद्यार्थीहरुले महिनावारी स्वच्छता तथा खानेपानी सरसफाई सम्बन्धी खिचिएको फोटो आज प्रदर्शनी गरिएको छ । हानिकारक अभ्यासको रुपमा समुदायमा रहेको अवस्था तथा ब्यबहारलाई झल्काउनका लागि खिचिएको फोटो प्रर्दशन गरिएको हो । 

विद्यार्थीहरुलाई ६ दिने फोटोग्राफी सम्बन्धी तालिम प्रदान गरेर १५ दिन सम्म आफ्नो समुदायमै फोटो खिच्न लगाईएको थियो । विद्यार्थीले खिचेको फोटोलाई प्रर्दशनीमा राखेर सरोकारवाला, स्थानीय पालिका, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई अवलोकन गराई अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

विद्यालय तथा समुदायमा छुवाछुत, भेदभाव र महिनावारी स्वच्छता सम्बन्धी हानिकारक अभ्यासहरु कायम रहेको कथा झल्कने फोटो प्रर्दशनीमा राखिएको छ । फोटो अवलोकन गर्दै गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतमले समुदायको यर्थाथ कथा बोेकेका फोटो प्रदर्शनीमा राखिएको बताउनु भएको छ । यसले विद्यालय तथा समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरुको आवश्यकता झल्काएको बताउनु भएको छ । उहाँले आगामी आर्थिक बर्षबाट नीति तथा कार्यक्रम बनाई बजेटको ब्यबस्था गर्न पालिका सकारात्मक रहेको बताउनु भएको छ । 

प्रदर्शनी कार्यक्रममा नगरपालिकाका, शिक्षक, स्वास्थ्यकर्मी र सहभागि बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यालयमा प्याडको ब्यबस्थापन, शौचालयको आवस्था, बिद्यालयले स्वच्छता सम्बन्धी गरेका कामको बिषय छलफल गरिएको छ । विद्यार्थीहरुले सरसफाईका लागि आफ्नो विद्यालयमा गुणस्तरीय स्यानेटरी प्याड, प्याड ब्यबस्थापन, सुरक्षित र गोपनीय आराम कक्ष, हात धुने तथा सुद्धखानेपानीको ब्यबस्था हुनु पर्ने माग गर्नु भएको छ । विद्यालयमा स्वास्थ्यकर्मी वा फोकल पर्सन शिक्षकलाई स्वास्थ्य सम्बन्धी आवश्यक तालिमको ब्यबस्था हुनु पर्ने बताउनु भएको छ । छलफल कार्यक्रमको सहजिकरण सामाजिक अभियन्ता बालिका चौधरीले गर्नु भएको छ । 

कार्यक्रमको बारेमा जानकारी वाटर एड नेपालकी मञ्जु भट्टले गराउनु भएको थियो । समुदायमा रहेको समस्यालाई ब्यबहार परिवर्तन गरेर समाधान गर्नमा सहयोग पुर्याउनका लागि विद्यार्थीहरुलाई फोटो प्रदर्शनी गरेको बताउनु भएको छ । कार्यक्रमलाई स्वागत गर्दै नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालय गुलरियाका प्रधानाध्यापक सुनिलकुमार यादबले विद्यार्थीद्वारा स्वाच्छता सम्बन्धी खिचिएको फोटो समुदायमा समारात्मक सन्देश प्रवाह गर्ने विश्वास गर्नु भएको छ ।  

बर्दियाका बारबर्दिया, गुलरिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकाको समन्वयमा बेस बर्दिया, वाटर एड, राष्ट्रिय अपाङ्ग महासंघ र एन.एफ.सि.सि.को साझेदारीमा संचालित वास गेन परियोजनामा संचालित रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार