मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

किशोरकिशोरी स्वास्थ्य अधिकार परियोजनाले विद्यालयमा सकारात्मक प्रभाव : नगरप्रमुख थारु
किशोरकिशोरी स्वास्थ्य अधिकार परियोजनाले विद्यालयमा सकारात्मक प्रभाव : नगरप्रमुख थारु

Rato Pen 357+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

बर्दिया, बारबर्दिया ।

बारबर्दिया नगरपालिकामा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (ASRHR) परियोजनाले विद्यालयहरूमा सकारात्मक प्रभाव पारेको नगरप्रमुख छबिलाल थारुले बताउनुभएको छ। परियोजनाअन्तर्गत काम भएका विद्यालयहरूको वातावरण अन्य विद्यालयभन्दा फरक र सुधारिएको देखिएको उहाँको भनाइ छ। साथै, राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वय पनि प्रभावकारी रहेको उहाँले उल्लेख गर्नुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठको अध्यक्षतामा आयोजित पालिकास्तरीय अभिमुखिकरण कार्यक्रममा नगरउपप्रमुख रत्नाकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, विषयगत शाखाका प्रमुखहरू तथा परियोजना सञ्चालन भएका वडाका वडाअध्यक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजना संयोजक सुरज अर्यालले सन् २०२६ मा सञ्चालन हुने कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार परियोजनाअन्तर्गत विद्यालयमा किशोरमैत्री पूर्वाधार विकास, एमएचएम (महिनावारी व्यवस्थापन) कक्ष स्थापना, शिक्षकहरूलाई यौनिकता शिक्षा तालिम, समुदायस्तरमा सचेतना कार्यक्रम, तथा किशोरमैत्री स्वास्थ्य सेवाको प्रवर्द्धन गरिनेछ।

बर्दिया जिल्लामा बालविवाह, मानव बेचबिखन, यौन शोषण तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीको कमी जस्ता समस्याहरू अझै विद्यमान रहेकाले यस्तो परियोजना अत्यन्त आवश्यक रहेको कार्यक्रममा औंल्याइएको थियो। तथ्यांकअनुसार बर्दिया बालविवाहको उच्च दर भएका जिल्लामध्ये अग्रस्थानमा रहेको छ भने १५ देखि १९ वर्ष उमेर समूहका करिब १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन्।

 यो परियोजना प्लान इन्टरनेशनल नेपाल र कोइका (KOICA) को सहयोगमा सञ्चालन भइरहेको छ। मार्च २०२४ देखि सुरु भई डिसेम्बर २०२६ सम्म सञ्चालन हुने उक्त परियोजना बर्दियाका गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा कार्यान्वयन भइरहेको छ।

परियोजनाले किशोरकिशोरीहरूको स्वास्थ्य सुधार, अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार