मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

लेटाङ नगरपालिकाद्वारा विभिन्न व्यक्तिहरु सम्मानित तथा पुरस्कृत

Rato Pen 1+ समाचार ( )
३१ असार २०८०, आइतबार

मोरङ । लेटाङ नगरपालिकाले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममको अवसर पारेर नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट हुने, योगदान दिने तथा सेवानिवृत्त हुने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाले लेटाङ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान दिने कृष्णप्रसाद लुइँटेल, होमादेवी तिम्सिना, स्व गणेश बहादुर थापा मगरका परिवारजन, सीताराम भण्डारी, स्वर्गिय देउ बहादुर सार्कीका परिवारजन, पदम बहादुर विशंखे र घनश्याम राईलाई सम्मान गरेको हो ।

यस्तै सुन्तला कृषक लेटाङ १ का सवि कुमार राई, पहाडी ग्रामिण विकास संस्था हडर्न, लिफ प्रालि लेटाङ ५, लेटाङ ७ की कफि कृषक चन्द्रा कुमारी राई, लेटाङ २ की वाख्रापालक कृषक कोपिला दंगाल, फोटोग्राफीतर्फ लेटाङ ३ का विवेक वस्ती र फुर्केटार कालिका मन्दिर उपभोक्ता समिति लेटाङ ७ लाई सम्मान गरिएको छ । 

यसैगरि नगरस्तरीय दीर्घ शिक्षक सेवाबाट कृष्ण प्रसाद निरौला लेटाङ ५, देवी प्रसाद ओझा लेटाङ ५, डम्बर बहादुर विश्वकर्मा लेटाङ ९, अम्बर बहादुर भण्डारी लेटाङ ५ र हरिनारायण साह सप्तरीलाई सम्मान गरिएको छ ।

नगरपालिकाले उत्कृष्ट जनप्रतिनिधिको रुपमा लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडालाई सम्मान गरेको छ भने उत्कृष्ट निर्माण व्यवसायी सम्मानबाट खेरुवा खोला पक्की पुल निर्माण गर्ने लोहनी एण्ड सन्सका राजकुमार भण्डारीलाई सम्मान गरेको छ । 

नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा अस्पताल नर्सिङ निरीक्षक सीता थापा र सेक्यूरिटी गार्ड चन्द्र बहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ भने उत्कृष्ट विद्यालयको रुपमा शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ ५ लाई पुरस्कृत गरेको छ । यस्तै दीर्घसेवा कर्मचारी पुरस्कार लेटाङ ४ का कर्मचारी डिक बहादुर मगरलाई प्रदान गरिएको छ । 

लेटाङ नगरपालिकाले कक्षा ८ र एसइइ परीक्षमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई पनि सम्मान गरेको छ । गतवर्ष २०७८ को एसइइमा सामुदायीक विद्यालयतर्फबाट उत्कृष्ट हुने छात्रातर्फ शिक्षा विकास माविकी छात्रा रुविना सुवेदी र छात्रतर्फ शान्ति भगवती मावि लेटाङ ४ का छात्र सुवन धिताललाई पुरस्कृत गरिएको छ ।

यस्तै संस्थागत विद्यालयबाट छात्रातर्फ नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउन्डेसन लेटाङ ८ की छात्रा उसा निरौला र छात्रतर्फ सोही विद्यालयका सिद्धान्त घिमिरेलाई पुरस्कृत गरिएको छ । 

 यसैगरि आधारभूत तह अर्थात कक्षा ८ उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थीलाई पनि नगरपालिकाले सम्मान गरेको छ । सामुदायीक विद्यालयबाट छात्रातर्फ शान्ति भगवाती माविकी जुना विश्वकर्मा र छात्रतर्फ सोही विद्यालयका कृष्ण आचार्य पुरस्कृत भएका छन् भने संस्थागत विद्यालयबाट छात्रातर्फ लिटल फ्लावर्स इंग्लिस स्कुल लेटाङ ५ की अलका राई र छात्रतर्फ पूर्वाञ्चल अल्मामेटर होम लेटाङ ४ का समिर राई पुरस्कृत भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार