मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

देशभरिबाट सर्वोत्कृष्ट सहकारीको उपाधि ताराताल साना किसानलाई
देशभरिबाट सर्वोत्कृष्ट सहकारीको उपाधि ताराताल साना किसानलाई

Rato Pen 354+ समाचार ( )
२६ असार २०८२, शुक्रबार

बर्दिया, मधुवन 

देशभरिबाट सर्वोत्कृष्ट सहकारी संस्था बन्न बर्दियाको मधुवन नगरपालिकास्थित ताराताल साना किसान कृषि सहकारी संस्था लि। सफल भएको छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। को २४औँ वार्षिकोत्सवको अवसरमा ताराताल साना किसानलाई देशभरका करिब १,२०० सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाका रूपमा छनोट गरी पुरस्कृत गरिएको हो।

सहकारी क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेका बेला पनि संस्थाले व्यवसाय विस्तार, सदस्यहरुलाई प्रत्यक्ष लाभ, लघु तथा साना उद्यम प्रवर्द्धन, आय आर्जन कार्यक्रम, कृषि उपजको बजारीकरण लगायतका क्षेत्रमा प्रभावकारी कार्य गर्दै आइरहेको छ।

पुरस्कार ग्रहणपश्चात् संक्षिप्त मन्तव्य दिँदै संस्थाका मुख्य प्रवन्धक डम्बर केसी ले संस्थाको सफलताको मूल मन्त्र पारदर्शिता, सुशासन र सदस्यहरूप्रति उत्तरदायित्व भएको बताउनुभयो। उहाँले सदस्य, सञ्चालक, कर्मचारी तथा सहकार्य गर्ने संघसंस्थाहरूको निरन्तर साथले आजको उपलब्धि सम्भव भएको धारणा व्यक्त गर्नुभयो।

२०५४ सालमा २९ सय रुपैयाँ सेयर पूँजीबाट सुरु भएको संस्थाले हालसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति सञ्चय गरेको छ।

हालसम्म संस्थामा ३,८०० घरधुरी सेयर सदस्यका रूपमा आवद्ध छन्, जसमा ८२ प्रतिशत महिला सदस्य छन्। संस्थाले १६ प्रतिशत लाभांश अन्तर्गत ९१ लाख रुपैयाँ वितरण गरेको छ भने संरक्षित पूँजी कोषमार्फत ५१ लाख रुपैयाँ प्रदान गरिएको छ।

संस्थाले समर्थन मूल्यमा कृषि उत्पादन खरिद, विज वृद्धि कार्यक्रम, मल आपूर्ति, पशु बीमा, मासुजन्य कर्जा तथा पशुजन्य उत्पादनको बजारीकरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। उत्पादन भएका खसीबोका, पाडा र बुंगुरहरू नेपालमै नभई चीनसम्म बजारीकरण भइरहेको छ।

संस्थाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य श्रृंखलामा किसानलाई समेट्न आफ्नै उद्योग स्थापना गर्ने तयारीसाथ जग्गा व्यवस्थापन गरिसकेको जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा नेपालगञ्ज शाखा कार्यालय उत्कृष्ट शाखाका रूपमा, मातृभूमि लघुवित्त र भगवती कालापानी साना किसान सहकारी संस्था काभ्रे उत्कृष्ट साझेदार संस्थाका रूपमा पुरस्कृत भए।

त्यस्तै, कार्यालय सहयोगी श्रेणीमा ठाकुर श्रेष्ठ र सवारी चालक श्रेणीमा गुण बहादुर गिदेल लाई समेत सम्मान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार